केशव स्थापितलाई कांग्रेस प्रवक्ताको जवाफ- वागमतीमा धेरै पानी बगिसक्यो, तपाईंको ‘गेम इज ओभर’ (भिडिओ) – Nepal Press

केशव स्थापितलाई कांग्रेस प्रवक्ताको जवाफ- वागमतीमा धेरै पानी बगिसक्यो, तपाईंको ‘गेम इज ओभर’ (भिडिओ)

‘हामीलाई नै भ्रम हुन थाल्यो, जल्ले ज्यादा मनोरञ्जन दिन्छ उसैलाई निर्वाचित गर्ने हो की ’

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेताहरूले राजनीतिलाई मनोरञ्जनको विषय बनाएको उनले आरोप लगाए ।

‘राजनीति मनोरञ्जन होइन् । देश नै मनोरञ्जनमय भाको छ,’ उनले भने, ‘हुदाहुँदा हामीलाई पनि के लाग्नथाल्या छ, भने जल्ले ज्यादा मनोरञ्जन दिन्छ, त्यसैलाई निर्वाचित गर्ने हो की भन्ने भ्रम सिर्जना हुनथाल्या छ ।’

देशमा धेरै मनोरञ्जन भइसकेको बताउँदै उनले थप मनोरञ्जनको आवश्यकता नभएको महतको टिप्पणी थियो । ‘थप मनोरञ्जनको आवश्यकता बढी भइसक्या छ । राष्ट्रिय मनोरञ्जनबाटै,’ एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ इशारा गर्दै उनले कटाक्ष गरे ।

काठमाडौं महानगरपालिकामा एमालेका उम्मेदवार केशव स्थापितले मनोनयन दर्तापछि दिएको अभिव्यक्ति ‘गेम इज ओभर’ को प्रवक्ता महतले काउन्टर अभिव्यक्ति दिए ।

‘स्थापित जीको मैले सुनिरा’छु । नोमिनेशन गरेर निस्कदै गर्दा । केशव स्थापितले भन्नुभो गेम इज ओभर, म भन्छु उहाँको गेम इज ओभर,’ काठमाडौं महानगरका मेयरका उम्मेदवार सिर्जना सिंहको संकल्प पत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले भने, ‘वागमतीमा धेरै पानी बगिसक्या’छ । फेरि फर्केर आउने सपना नदेखे हुन्छ ।’

काठमाडौं महानगरमा सिंहको उम्मेदवारी महिलाहरूका लागि ठूलो अवसर रहेको प्रवक्ता महतले बताए । उनले भने, ‘यहाँको मेयर जित्नु भनेको ५० वटा अन्य नगरपालिका जिते बराबर हो । यो चाँही राजधानी हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर