भक्तपुरमा ५० मिटर अग्लो पर्खालबाट हाम्फाल्दा वृद्धाको मृत्यु, छोरा घाइते – Nepal Press

भक्तपुरमा ५० मिटर अग्लो पर्खालबाट हाम्फाल्दा वृद्धाको मृत्यु, छोरा घाइते

भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका- ६ स्थित कमेरेटारम ५० मिटर अग्लो पर्खालबाट हाल फाल्दा ७४ वर्षीया वृद्धाको मृत्यु भएको छ ।

बुधबार राति साढे १० बजे मोरङ सुन्दर हरैचा नगरपालिका ९ बिराटचोक घर भई हाल कमेरेटारमा डेरा गरी बस्ने ७४  वर्षीया  मनमाया तिमिल्सिनाको मृत्यु भएको हो । उनीसँगै पर्खालबाट हाम फालेका उनको ४९ वर्षीय कान्छो छोरा मातुराम तिमिल्सिना घाइते भएका छन् ।

उनीहरुले डेराकोठा नजिक रहेको पिपलको रुखको फेदमा लगाएको ५० मिटर अग्लो पर्खालको माथिबाट हाम फाल्दा मनमाया तिमिल्सिनाको घटनास्थलमा नै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता राजु पाण्डेले बताए ।

घाइते भएका मातुराम तिमिल्सिनालाई उपचारको लागि मध्यपुर अस्पताल लगि प्राथमिक उपचार पश्चात विर अस्पतालमा लगिएको थियो । त्यहाँ उनको थप उपचार भइरहेको छ ।

प्रहरी नायब उपरिक्षक पाण्डेका अनुसार उनीहरु दुबै जना डिप्रेशनको बिरामी रही लामो समयदेखि औषधी सेवन गर्दै आरहेका थिए । थप अनुसन्धान भइरहेको जनाएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर