बागी उम्मेदवारी फिर्ता लिन देउवाको अपिल (पूर्णपाठ) – Nepal Press

बागी उम्मेदवारी फिर्ता लिन देउवाको अपिल (पूर्णपाठ)

'एउटा योग्य साथी उम्मेदवार बन्दै गर्दा अर्को उत्तिकै योग्यले अवसर नपाएकोमा जानकार छु'

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनको निर्देशन र सहमतिविपरीत बागी उम्मेदवारी दिएका नेता/कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन अपिल गरेका छन् ।

आज एक अपिल सार्वजनिक गर्दै सभापति देउवाले भोलि साँझ ५ बजेसम्म मनोनयन फिर्ता लिन आग्रह गरेका हुन् । लोकतन्त्र र संविधानको रक्षाका लागि लोकतान्त्रिक र परिवर्तकारी शक्तिहरू बीचमा तालमेल र सहकार्य गरी मुलुकलाई राजनीतिक स्थायित्व र सहज निकास दिनु पर्ने यथार्थतालाई आत्मसात गर्दै, प्रतिगमनलाई परास्त गरी राष्ट्रको सर्वाङ्गीण र अग्रगामी विकास र सम्मृद्धिका लागि कांग्रेस, माओवादी केन्द्र, नेकपा एस जसपा र राष्ट्रिय जनमोर्चाका चुनावी तालमेल गरिएको उनले अपिलमा उल्लेख गरेका छन् ।

‘एउटा योग्य साथी एउटा पदमा उम्मेदवार बन्दै गर्दा अर्को उत्तिकै योग्य साथीले त्यो अवसर नपाइरहेको स्थिति प्रति म जानकार छु,’ सभापति देउवाले अपिलमा लेखेका छन्, ‘तर पार्टीको विजयका लागि ‘साथीको उम्मेदवारी नै मेरो उम्मेदवार’ भन्ने उच्चतम भावना राख्न र नेपाली कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठबन्धनका दलहरूसँग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर