ट्वीटरपछि अब एलन मस्ककाे आँखा कोकाकोलातर्फ ? – Nepal Press

ट्वीटरपछि अब एलन मस्ककाे आँखा कोकाकोलातर्फ ?

काठमाडौं । माइक्रोबल्गिङ साइट ट्वीटरलाई खरिद गरी अन्तर्राष्ट्रिय बजारमा तरगं उत्पन्न गराएका विश्व धनाड्य व्यक्ति एलन मस्कले आज फेरी एउटा ट्वीटमार्फत तरगं उत्पन्न गरएका छन् ।

मस्कले आज एक ट्वीटमार्फत कोकाकोलामा कोकेन मिसाउन सकियोस् भनेर अब आफूले कोकाकोला किन्न लागेको बताएका छन् । यो ट्वीट सेयर गरेको केही बेरमा उनले फेरी आर्को ट्वीट स्क्रिनसटसमेत सेयर गरेका छन् ।

स्क्रिन सट गरेको ट्वीटमा उनले मेकडोनाल्ड खरिद गरेर त्यहाँका सबै आइस्क्रिम मेशिन ठीक गर्ने बताएका छन् । जसको माथि उनी क्याप्सनमा लेखेका छन् सुन्नुहोस् म चमत्कार गर्न सक्दिन बुझ्नुभो । उनको यि ट्वीटले के कुरालाई इशारा गर्दै छ भन्ने कुरा भने स्पष्ट छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर