भरतपुरका बागी उम्मेदवारका प्रस्तावकको घरमै पुगे गृहमन्त्री खाण – Nepal Press

भरतपुरका बागी उम्मेदवारका प्रस्तावकको घरमै पुगे गृहमन्त्री खाण

प्रस्तावक सापकोटाले भने– रुखमा भोट हाल्न नपाउनु बिडम्बनापूर्ण, उम्मेदवारी फिर्ता हुन्न

काठमाडौं । भरतपुर महानगरपालिकामा पार्टीका तर्फबाट बागी उम्मेदवारी दिएका नेता मिलाउन चितवन पुगेका कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाणले पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटासँग भेट गरेका छन् ।

भरतपुरको मेयर पदमा उम्मेदवारी दिएका पूर्वसांसद जगन्नाथ पौडेलको प्रस्तावक रहेका सापकोटालाई भेटेर खाणले उम्मेदवारी फिर्ता लिइदिन आग्रह गरेका हुन् । गठबन्धन र चुनावी तालमेल राष्ट्रिय आवश्यकता बनेको भन्दै गृहमन्त्री खाणले भरतपुरका कारण देशैभरी कांग्रेसलाई समस्या पर्ने भन्दै स्वतन्त्र उम्मेदवारी फिर्ता गराउन आग्रह गरेका हुन् ।

गृहमन्त्री खाणले लंकुस्थित सापकोटाको निवासमै पुगेर उम्मेदवारी फिर्ता गराउन आग्रह गरेका हुन् । जवाफमा सापकोटाले भरतपुरका कांग्रेसले रुखमा भोट हाल्न नपाउनु बिडम्बना रहेको भन्दै उम्मेदवारी यथावत रहने बताएका छन् ।

यसैबीच गृहमन्त्री खाणले आजै भरतपुरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेललाई पनि भेट्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर