गाउँपालिका अध्यक्षको उमेदवार तिमिल्सिना, जसले एमाले-माओवादी मिलाउन मध्यस्तकर्ताको भूमिका खेले – Nepal Press

गाउँपालिका अध्यक्षको उमेदवार तिमिल्सिना, जसले एमाले-माओवादी मिलाउन मध्यस्तकर्ताको भूमिका खेले

तिमल्सिनाले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन्

सिन्धुपाल्चोक । एमाले र माओवादी ब्युँताउने सर्वोच्च अदालतको फैसलाविरुद्ध न्यायिक पुनरावलोकनमा जानुअघि माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता माधवकुमार नेपालबीच लगातार बैठक चलिरहेका थिए । माधव नेपालले त्यतीबेला समाजवादी पार्टी खोली सकेका थिएनन् । दुई नेतालाई छलफल गराउने मध्यस्तकर्ताको भूमिकामा थिए सिन्धुपाल्चोकका एमाले नेता टपिन्द्र तिमिल्सिना ।

‘लो प्रोफाइलमा’ बसेर नेकपा एमालेलाई एकताबद्ध बनाउन तिमिल्सिनाले भूमिका खेले पनि उनको प्रयास सफल भएन न एमालेमा नै माधव नेपालहरु बसे न त नेकपा नै रह्यो । ‘लो प्रोफाइलमा’ बसेका तिमिल्सिना त्यसपछि एकाएक चर्चामा रहे । जिल्लामा सबै माझ चर्चामा रहेपनि प्रचण्ड र माधव नेपाल बिच मध्यस्तकर्ताको भूमिकामा रहेका टपिन्द्र तिमिल्सिना त्यसपछि राष्ट्रियस्तरमा समेत चर्चामा रहे । धेरै मिडियाले त्यसपछि उनलाई पछ्याउन थाले ।

तिनै तिमिल्सिना अहिले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा उमेदवारी भएपछि फेरि चर्चामा छन् ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य अरुण नेपाल र केन्द्रीय सदस्य सरेश नेपालको गृह पालिकामा मात्रै नभएर अघिल्लोपटक नेपाली कांग्रेसले जितेको सुनकोशी गाउँपालिकामा योपटक नेकपा एमालेले अध्यक्षको उमेदवार बनाएपछि अहिले उनी चर्चामा छन् ।

को हुन टपिन्द्र ?

खासाको व्यापारमा संलग्न टपिन्द्र तिमिल्सिना नाम चलेका र कहलिएका व्यापारी(व्यावसायी भने होइनन् । सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–७ का उनी काठमाडौंको महाबौद्धमा चिनियाँ सामग्रीको होलसेल व्यापार गर्ने गरेका थिए ।

विशेषगरी बच्चाहरूको कपडालगायत चीनबाट आयात हुने अन्य सामग्रीको होलसेल व्यापार गर्दे आएका तिमिल्सिनाले विगत केही वर्षदेखि भने आफुले गर्दे आएको सबै व्यापार,व्यावसाय अरुलाई नै जिम्मा लगाएर पुर्णकालिन एमालेको राजनीतिमा सक्रिय भएका छन् ।

२०४६ सालदेखि तत्कालीन नेकपा मालेमा संगठित भएका तिमिल्सिना एमालेमा लामो समयदेखि आवद्ध भएपनि उनले २०६६ सालमा मात्रै संगठित सदस्यता प्राप्त गरेका थिए ।

पार्टीमा सक्रिय नभए पनि एमालेनिकट व्यापारिक संगठनमा भने उनी सक्रिय थिए । व्यापारिक क्षेत्रबाट एमालेको राजनीतिमा सक्रिय भएपछि तिमिल्सिनालाई तत्कालीन नेकपा एमालेले २०७४ सालमा जिल्ला कमिटी सदस्यमा मनोनित गरेको थियो ।

२०६४ र २०७० को संविधानसभाको निर्वाचनमा निर्वाचन परिचालन कमिटीमा रहेर सक्रिय राजनीतिमा आएपछि भने तिमिल्सिना त्यसयता व्यापारभन्दा पनि एमाले र त्यसपछि नेकपा सिन्धुपाल्चोकको राजनीतिमा थिए ।

सुनकोशीका जनतासामु परिचीत एमाले अध्यक्षका उमेदवार तिमिल्सिनाले सामग्र सुनकोशी गाउँपालिकाको समृद्ध बनाउन विभिन्न अभियानहरु अहिले अगाडि ल्याएको बताउँछन् । गाउँपालिकालाई भ्रष्टचार मुक्त बनाउने र सुशासन ल्याउने आफ्नो पहिलो काम भएको तिमिल्सिनाले बताए ।

राज्यबाट प्राप्त हुने कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका तिमिल्सिनाले आफुलाई एमाले को मात्रै नभएर समाजावदी, माओवादी केन्द्र र कांग्रेसको पनि ठूलो टिमले सहयोग गर्ने बताएका छन् । हामीले राम्रो एजेण्डा जनामाझ ल्याएका छौ,यही एजेण्डाले नै सुनकोशीमा हामीलाई जनताले जिताउनु हुन्छ तिमिल्सिनाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर