युक्रेनमा रुसले नरसंहार गरेको क्यानेडीयन संसदको निष्कर्ष – Nepal Press

युक्रेनमा रुसले नरसंहार गरेको क्यानेडीयन संसदको निष्कर्ष

काठमाडौं । युक्रेनमा रसियाली हमलालाई क्यानाडाली सांसदहरूले नरसंहार भनेका छन् । बुधबार एउटा प्रस्ताव सर्वसम्मतले पारित गर्दै संसद् सदस्यहरूले मस्काले गरेको युद्ध अपराधको पर्याप्त प्रमाण रहेको बताएका छन् ।

क्यानेडियन हाउस अफ कमन्सको प्रस्तावमा रुसले गरेको युद्ध अपराधमा सामूहिक अत्याचार, युक्रेनी नागरिकको जानाजानी हत्या, युक्रेनी बालबालिकाको जबरजस्ती स्थानान्तरण, यातना, शारीरिक तथा मानसिक हानि र बलात्कार जस्ता घटनाहरू समावेश छन् ।

यसै महिनाको सुरुमा प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकी राष्ट्रपति जो बाइडेनले लगाएको आरोपलाई समर्थन गर्दै युक्रेनमा रुसी हमलालाई नरसंहारको रूपमा वर्णन गर्न धेरै मानिसहरूको लागि यो ‘बिल्कुल सही’ भएको बताएका थिए ।

युक्रेनमा रुसी हमलालाई लिएर प्रतिबन्ध लगाउने बिभिन्न पश्चिमा देशहरुमध्ये क्यानडा पनि एक हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर