भारतमा कोराेनाको चौथो लहरको डर – Nepal Press

भारतमा कोराेनाको चौथो लहरको डर

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा थप २ हजार ९२७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । एक दिन अघि मंगलबार भारतमा २४८३ नयाँ कोभिड-१९ मामिलाहरू रेकर्ड गरिएको थियो। सक्रिय केस आज १६ हजार २७९ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३२ जना संक्रमितको मृत्यु भएको छ । कोभिड-१९ महामारीबाट मुलुकमा मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ६५४ पुगेको छ ।

२ हजार २५२ कोभिड बिरामी निको भए भने यो महामारी सुरु भएदेखि हालसम्म निको हुनेको कुल संख्या ४क कराेड २५ लाख २५ हजार ५६३ पुगेको छ ।

दैनिक केस सकारात्मकता दर पनि ०.५८ प्रतिशतले वृद्धि भएको छ । हालसम्म देशमा जम्मा ८३ सय ५९ करोड कोभिडको नमूना परीक्षण गरिएका छन् भने पछिल्लो २४ घण्टामा ५ लाख ५हजार ०६५ कोभिडको नमूना परीक्षण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर