गठबन्धनको बैठक बाहिर एमालेका नेता ढुकेर बसेका हुन्छन्ः गगन थापा – Nepal Press

गठबन्धनको बैठक बाहिर एमालेका नेता ढुकेर बसेका हुन्छन्ः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रतिपक्षी एमालेले केन्द्रमा क्वीन्टलका कुरा गरेर स्थानीयस्तरमा पाउ र छटाक बटुल्दै हिँडेको आरोप लगाएका छन् ।

एमालेका नेताहरु गठबन्धनको बैठक बाहिर ढुकेर बस्ने गरेको पनि उनले दावी गरे ।

बुधबार आयोजित एक कार्यक्रममा बोल्दै थापाले भने, ‘हामीलाई गठबन्धन, गठबन्धन भन्दै धारे हात लगाएर गाली गर्नेले आज रङ्गरङ्गका पार्टीसँग तालमेल गरेर हिँडेका छन् । यता एउटा रङ्गसँग, उता अर्को रङ्गसँग । परिवार दलदेखि सीके राउतसम्म कोही पनि छोडेका छैनन् । पाउ र छटाक खोजिरहेका छन् ।’

उनले थपे, ‘मैले देखेको छु । गठबन्धन बैठकको बाहिरपट्टि एमालेको स्थानीय नेता ढुकेर बसेको हुन्छ । कहाँनेर कुरा बिग्रिन्छ कि भनेर । कुरा बिग्रियो कि हामीसँग जाउँ, उसले ५ दियो भने ६ दिन्छौं, उसले उपमेयर दियो भने मेयर दिन्छौं । यता ठूलो नेता चाहिँ धारे हात लगाएर गठबन्धन, गठaन्धन भनेर बसेको छ । जिल्लामा नेताको बेहाल छ ।’


प्रतिक्रिया

One thought on “गठबन्धनको बैठक बाहिर एमालेका नेता ढुकेर बसेका हुन्छन्ः गगन थापा

  1. जनमाेर्चा‌ के ? माधव नेपाल के ? उपेन्द्रभन्दा ठूलाे सिके राउत के ? फुर्ति लगाउने ? केही समयपछि काँग्रेस पनि पाउमा झर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर