धरान : कांग्रेसका डेढ दर्जन कार्यकर्ता एमालेमा प्रवेश – Nepal Press

धरान : कांग्रेसका डेढ दर्जन कार्यकर्ता एमालेमा प्रवेश

धरान । धरानमा नेपाली कांग्रेस डेढ दर्जन नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

कांग्रेसका क्षेत्रीय प्रतिनिधि राम बहादुर तामाङको नेतृत्वमा १८ जनाले पार्टी परित्याग गरेका छन् ।

कांग्रेसमा राजनीतिक आचरण र व्यवहार नभएकाले पार्टी परित्याग गर्नुपरेको तामाङले बताए ।

पार्टीका केन्द्रीय सदस्य तथा मेयरका उम्मेदवारमा रहेका मञ्जु भण्डारी (सुवेदी) र उपमेयरका उम्मेदवार पदम इस्वोले उनीहरूलाई पार्टीमा अबिर लगाएर पार्टी प्रवेश गराएका थिए ।

कार्यक्रममा नेकपा एमाले नगर अध्यक्ष हर्क एभेङ्ग, प्रदेश सदस्य मोतीराज सुनुवार, नारायण सुवेदी, प्रदेश सांसद जय कुमार राई लगायतले बधाई तथा शुभकामना दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर