‘विकासविरोधी गठबन्धनको कुनै तुक छैन, मेरो जित सुनिश्चित छ’ (भिडिओ) – Nepal Press
नेपाल टक

‘विकासविरोधी गठबन्धनको कुनै तुक छैन, मेरो जित सुनिश्चित छ’ (भिडिओ)

विराटनगर मेयरका उम्मेदवार सागर भन्छन्- महानगरलाई राजधानीस्तरको सहर बनाउँछु

विराटनगर । नेकपा एमालेले सागर थापालाई विराटनगर महानगरपालिकाको प्रमुख उम्मेदवार बनाएको छ । २०३३ साउन ३ गते विराटनगर – ४ जामुनगाछीमा जन्मिएका थापाका बुबा चन्द्रबहादुर र आमा कमला थापा हुन् । उनले एमाले समर्थित अनेरास्ववियुबाट २०४६ सालबाट राजनीति सुरु गरेका थिए ।

स्नातकोत्तर तह उत्तीर्ण गरेका थापा महेन्द्र मोरङ क्याम्पस विराटनगरमा २०५७ देखि ०६० र २०६० देखि २०६२ सम्म दुई पटक स्ववियु सभापति भए । विद्यार्थी राजनीतिबाट एमालेको राजनीतिमा सक्रिय उनले विद्यार्थी कालदेखि नै जुझारु कार्यकर्ताको पहिचान बनाएका छन् ।
एमाले महानगर कमिटी इञ्चार्ज हुँदै संयोजक र अध्यक्ष भएका उनले १२ वर्षदेखि लगातार विराटनगर महानगरमा एमालेको नेतृत्व गरेका छन् । अघिल्लो स्थानीय तह निर्वाचनमा पनि महानगर प्रमुखको दौडमा रहेका थापाको नाम हटाएर विनोद ढकाललाई महानगर प्रमुखको उम्मेदवार बनाइएको थियो ।

यसपटक विराटनगरको मेयरमा पूर्वमन्त्री लालबाबु पण्डित, गुरु बराल, जीवन घिमिरे, पर्शुराम बस्नेत, बाबुराम कार्की, रामलाल साहलगायत आकांक्षी थिए । तर हेभीवेट आकांक्षीलाई पछि पार्दै थापाले टिकट हात पारे । एमालेका मेयर उम्मेदवार थापाले गठबन्धनका उम्मेदवारले आफूलाई केही फरक नपर्ने दावी गरे । उनले आफ्नो जीत निश्चित रहेको जिकिर गरे । उनै एमालेका मेयर उम्मेदवार सागर थापासँगको कुराकानी नेपाल प्रेसको नेपाल टकमा ।

-मेयरमा उम्मेदवारी दिनुभएको छ ? के छन् एजेन्डा ?

मेरो उम्मेदवारी विराटनगरको विकासका लागि हो । विराटनगर प्रदेश १ को राजधानी भए पनि संरचना केही छैन । हामी राजधानीस्तरको सहर बनाउन चाहन्छौं । शिक्षा, स्वास्थ्य, र पूर्वाधारयुक्त सहरका रुपमा विकास गर्न चाहन्छौं । यतिमात्र होइन, विराटनगरलाई डुबानमुक्त सहर बनाउने अठोटका साथ मेरो उम्मेदवारी हो । प्रदेशको संरचना बनाउने सन्दर्भमा ल्याण्ड पुलिङमार्फत प्रदेश सरकारलाई मन्त्रालयहरु बनाउन जग्गा उपलब्ध गराउनेछौं ।

– तपाईंले जित्ने आधार के के छन् ?

मैले जित्ने आधार भनेको एमालेको सांगठनिक संरचना हो । विराटनगरमा त्यस्तो कुनै पनि टोल बस्ती छैन, जहाँ हाम्रो कमिटी प्रणाली नभएको होस् । हरेक टोलमा एमालेको कमिटी प्रणाली छ । अघिल्लो पटक चुनाव हुँदा एमालेसँग कमिटीगत संरचना थिएन । अहिले हरेक टोलमा १० देखि २२ वटासम्म कमिटी छन् । यही टोल कमिटीमार्फत घरदैलो गर्छौं । उनीहरुलाई नै परिचालन गर्छाैं ।

अहिले हामीसँग आतिएर कांग्रेसलगायतका दलहरु गठबन्धन गर्दैछन् । एमाले बलियो नभएको भए उनीहरु आत्तिनुपर्ने थिएन । यतिसम्म त जनताले बुझिसकेका छन् । यो गठबन्धन हाम्रो विकास रोक्न हो भनेर जनताको बीचमा चर्चा छ । त्यसैले जनताले विकासविरोधीहरुलाई, विकास गर्न नचाहनेहरुलाई यस पटक मत हाल्दैनौं भनिरहेका छन् । यस पटक विकासको नाममा एमालेलाई मत हाल्छौं भनेर जनताहरु भन्दैछन् । त्यसैले म यस पटक कुनै पनि हालतमा जित्नेमा विश्वस्त छु ।

– यदि तपाईं मेयर जित्नुभयो भने समृद्ध विराटनगर बनाउन के के गर्नुहुन्छ ?

सर्वप्रथम विराटनगरको पहिचान हुने गरी राजनीतिक संग्रहालय बनाउने छु । विराटनगरले जन्माएका बीपी कोइराला, मातृका कोइराला, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीको परिचय खुल्ने संग्रहालय स्थापना गर्न लागिपर्छु ।

पाँचवर्षमा अनुत्पादक खर्च हुने किसिमका कुनै पनि भौतिक संरचनामा लगानी गर्नेछैन । भ्युटावर नबनाउने प्रतिबद्धता मेरो पाँच वर्षे कार्यकालमा हुनेछ ।

महानगरपालिकालाई पार्टी कार्यकर्ताको भर्ती केन्द्र बनाउने छैन । अहिले अनावश्यक कर्मचारी नियुक्त गरी कार्यकता भर्तीकेन्द्र बनाइएको छ । अनावश्यक कर्मचारी कटौती गरी आन्तरिक व्ययभार घटाउने मेरो लक्ष्य रहेको छ । भ्रष्टाचारमा शून्य सहनशीलता नीति अख्तियार गरी अगाडि बढ्नेछु । प्रदेश १ को एकमात्रै महानगर र राजधानी सहर घोषणा गरिएकोले आर्थिक नगरीको महत्व घट्न नदिइने गरी एमालेको नेतृत्वले सुरु गरेको विराटनगर चक्रपथ पाँचवर्षमा सम्पन्न गर्न लागिपर्छु ।

विराटनगरभित्रको पोजिसन हेर्दा यति मतको अन्तरले भनेर अहिले भन्न म सक्दिनँ । तर, भारी मतको साथ हामी चुनाव जित्दैछौं । यो अंक राम्रै हुनेछ । त्यो अहिले मलाई एक्सपोज गर्न नलगाउनुहोस् । त्यो जनताको मतले भन्ने छ । हरेक वडामा गएर तपाईंले सर्वे गर्नु न, विराटनगरमा कुनै त्यस्तो वडा छैन, जहाँ एमाले हार्नेछ ।

यसैगरी आन्तरिक आय वृद्धिका कार्यक्रम प्रभावकारी ढंगबाट अगाडि बढाउँछु । साथै ‘विराटनगर डुबानको सहर’ भन्ने परिचय हटाउने मेरो पहिलो प्रयास गर्नेछु । महानगरलाई डुबानमुक्त बनाउने मेरो सोच लक्ष्य रहेको छ । विराटनगरको दक्षिणी क्षेत्रमा वर्सेनि हुने डुबानको समस्या समाधान गर्नेछु । भूमिहीन सुकुम्बासीलाई जग्गाको व्यवस्थापन गर्ने प्रमुख एजेन्डा मेरो हुनेछ । समृद्ध महानगर बनाउने संकल्प बोकेर उम्मेदवारी दिएको छु ।

– तपाईंले गठबन्धनका उम्मेदवारसँग कति मतले जित्छु भन्ने लागेको छ ?

विराटनगरभित्रको पोजिसन हेर्दा यति मतको अन्तरले भनेर अहिले भन्न म सक्दिनँ । तर, भारी मतको साथ हामी चुनाव जित्दैछौं । यो अंक राम्रै हुनेछ । त्यो अहिले मलाई एक्सपोज गर्न नलगाउनुहोस् । त्यो जनताको मतले भन्ने छ । हरेक वडामा गएर तपाईंले सर्वे गर्नु न, विराटनगरमा कुनै त्यस्तो वडा छैन, जहाँ एमाले हार्नेछ ।

गठबन्धन छ । तर गठबन्धनभित्रै लडाइँ छ । हाम्रो विकास रोक्न गठबन्धन भन्दैछन् जनताले । त्यसैले दुई इनप्याकले हामीलाई प्लस प्वाइन्ट छ ।‍ गठबन्धन किन गरे भन्दा काले काले मिलेर खाउँ भाले भन्नका लागि भनेर जनताले राम्ररी बुझेका छन् । हामी विश्वस्त छौं, हाम्रो सबैभन्दा विश्वास जनतासँग छ । हामी जनताले दिएको भरोसा, विश्वास गुम्न दिँदैनौं भनेर जनतालाई थाहा छ । त्यसैको जगमा उभिएर हामी सहज रुपमा यो चुनाव जित्छौं । अहिलेको गठबन्धन विकासविरोधी भएकाले यसको कुनै तुक छैन, मेरो जीत सुनिश्चित छ ।

पार्टीभित्र मेयरका आकांक्षी धेरै थिए । तपाईले टिकट पाउनुभयो । यो अवस्थामा पार्टीभित्रैबाट अन्तरघात हुने डर चाहिं कतिको छ ?

यो मेयरको टिकट मैले लिएर आएको होइन । तलका कार्यकर्ता र जनताको मर्म–भावना बुझेर केन्द्रमा पठाइयो । माथिकाले पनि छलफल गरे । सबै गर्‍यो । यस पटकको चुनावमा को बलियो छ र को उठ्ने भन्ने लडाइँ भएन । कसलाई उठाउँदा चुनाव जितिन्छ भन्ने निष्कर्षको आधारमा पार्टीले मलाई टिकट दिने निर्णय गरेको छ । निर्णय कार्यकर्ताको जगमा उभिएर गरिएको छ । निर्णय जनताको भावनालाई सम्बोधन गरेर गरिएको छ । मैले कुनै अमुख ठाउँबाट खोसेर टिकट ल्याएको होइन । पार्टीले सर्र्वे गरेर तलका जनताको भावनाअनुरुप टिकट दिएको हो मलाई ।

मेयर जित्नमात्र होइन, अब यो विराटनगर बनाउन सागर थापाले नेतृत्व गर्नुपर्छ भनेर मलाई पार्टीले टिकट दिएको हो । त्यसैले मैले केन्द्रीय नेताहरुको टिकट खोसेर ल्याएको होइन । केन्द्रीय नेताहरु लालबाबु पण्डित, गुरु बराल, विनोद ढकाल कमरेडहरुको प्रस्तावमा म आएको हुँ । उहाँहरु मेरा आदरणीय नेताहरु हुनुहुन्छ । उहाहरुसँग मेरो प्रतिस्पर्धा होइन । मेरो प्रतिस्पर्धा यदि कोहीसँग हुन्छ भने त्यो विराटनगरभित्रको अविकास, विराटनगरभित्र रहेको आलस्यपनसँग हो । त्यसैले त्यो कुराको विरुद्ध एमालेले अघि सारेको उम्मेदवार सागर थापा हो ।

त्यसैले पार्टीभित्रबाट असहयोग र अन्तरघात हुने म कल्पना नै गर्दिनँ । अन्तघात त हिजोको अघिल्लो चुनावमा भयो । त्यो बेला घातैघात भयो । अहिले यो चुनावमा भनेर अन्तरघातका लागि पटकै होइन । अहिले मुलुक बनाउने लडाइँमा छौं हामी ।

-पाँच दलीय गठबन्धन एकातिर रहँदा तपाईं कतिको आत्तिनुभएको छ ?

अहिले एमाले मुलुक बनाउने अभियानमा छ । मुलुक कसले बनाउने भन्ने अभियानको लडाइँमा एमालेले विकासको नेतृत्व गर्‍यो । एमालेले विकासको नेतृत्व गरिरहँदा पाँच दलीय गठबन्धनभित्रका दलहरु आत्तिए । अब एमालेलाई गठबन्धन नगरी हराउन सक्दैनौं भनेर गठबन्धन गरिएको हो ।

मेयर जित्नमात्र होइन, अब यो विराटनगर बनाउन सागर थापाले नेतृत्व गर्नुपर्छ भनेर मलाई पार्टीले टिकट दिएको हो । त्यसैले मैले केन्द्रीय नेताहरुको टिकट खोसेर ल्याएको होइन । केन्द्रीय नेताहरु लालबाबु पण्डित, गुरु बराल, विनोद ढकाल कमरेडहरुको प्रस्तावमा म आएको हुँ । उहाँहरु मेरा आदरणीय नेताहरु हुनुहुन्छ । उहाहरुसँग मेरो प्रतिस्पर्धा होइन ।

त्यसैले आज पाँच दलीय गठबन्धन एकातर्फ छ भने एमाले अर्कोतिर छ । एमालेसँग जनताको बलियो साथ छ । पाँचदलीय गठबन्धनले टुटाउन सक्दैन, त्यसैले हामी निर्वाचन सहज रुपमा जित्छौं र विकासको नेतृत्व गर्छौं ।

– अन्त्यमा सागर थापालाई नै मतदाताले मत किन दिने ?

सागर थापासँग समृद्ध विराटनगर कसरी बनाउने भन्ने मिसन र भिजन दुबै छ । त्यो मिसन र भिजनलाई लक्ष्यमा पुर्‍याउन सक्ने आँट सागर थापासँग छ । सँगै जनताको विश्वास छ । त्यसर्थ सागर थापाले मेयर जित्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर