सुर्खेतको पञ्चपुरीमा माओवादी र नेकपा एसले बाँडे वडा, कांग्रेस-एमाले सिंगल भिड्ने – Nepal Press

सुर्खेतको पञ्चपुरीमा माओवादी र नेकपा एसले बाँडे वडा, कांग्रेस-एमाले सिंगल भिड्ने

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिकामा माओवादी केन्द्र र नेकपा एसबीच चुनावी तालमेल हुने भएको छ । जसअनुसार उनीहरुले वडाको भागबण्डा पनि मिलाएका छन् । यहाँ नेपाली कांग्रेस र एमाले एक्लाएक्लै चुनाव भिड्दैछन् ।

यहाँ नेकपा माओवादीबाट नगरप्रमुखमा केशव शाही, उपमेयरमा समाजवादीका कविता सोडारी चुनाव भिड्दैछन् ।

शाहीका अनुसार यहाँ वडा नम्बर १, ६, ८, ९, १० र ११ को वडाध्यक्ष माओवादीको भागमा परेको भने २, ४, ५ र ७ नम्बर वडा नेकपा एसले पाएको छ ।

वडा नम्बर ३ मा भने दुर्इ दलबीच मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर