केकी र वर्षा : सुटुक्क बिहेपछि किस्ता-किस्तामा फोटो सार्वजनिक गर्दै – Nepal Press

केकी र वर्षा : सुटुक्क बिहेपछि किस्ता-किस्तामा फोटो सार्वजनिक गर्दै

काठमाडौं । नायिकाद्वय केकी अधिकारी र वर्षा शिवाकोटीले एक दिन अघिपछि उस्तै शैलीमा विवाह गरे । कुनै हल्लाखल्लाबिना नजिकका साथीभाईलाई पनि थाहा नदिई उनीहरुले सट्याकसुटुक लगनगाँठो कसेका थिए ।

विवाहपछि उनीहरु सामाजिक सञ्जालमा किस्ता-किस्तामा तस्वीरहरु सेयर गरिरहेका छन् । विवाहमा कुनै पनि मिडियालाई पहुँच नदिएका र आगन्तुकलाई मोबाइलबाट फोटो खिच्नसमेत निषेध गरेका थिए उनीहरु दुवैले । केकीले विवाहको अघिल्लो दिन मेहेन्दी लगाएको फोटो भने भाइरल भएको थियो ।

विवाहपछि दुवै नायिकाले आफ्नो अफिसियल फोटोग्राफरहरुले खिचेको फोटो र भिडिओ लगातार सार्वजनिक गरिरहेका छन् । दुवैका तस्वीरहरुमा पर्याप्त लाइकर कमेन्टहरु पनि आइरहेका छन् ।

यी दुई नायिकाको विवाहमा अरु पनि समानता देखिएका छन् । उनीहरु दुवैले विवाहमा भारतीय संस्कृतिलाई महत्व दिए । हल्दी र मेहेन्दी समारोह नेपाली कल्चर होइनन् । यस्तै, विवाहमा उनीहरुको पहिरन, गहना र श्रृंगारले पनि भारतीय बेहुलीको झल्को आएको थियो । नेपाली चलचित्रलाई माया गरौं भनेर नथाक्ने कलाकारहरुले विवाहमा भारतीय संस्कृतिलाई महत्व दिएको भनेर पनि कतिपयले सामाजिक सञ्जालमा आलोचना गरेका छन् ।

केकी र वर्षा दुवै शालिन छविका नायिका हुन् । उनीहरुले विवाहमा धेरै मानिसहरु बोलाएर ठूलो तडकभडक देखाउन चाहेनन् । यद्यपि, वर्षाको भारीभर्कम गहनाले भने चर्चा बटुलेको छ ।

विवाहपछि वर्षा हनिमुनका लागि पोखरातिर लागिसकेकी छन् । केकीको भने हनिमुन योजना सार्वजनिक भएको छैन ।

May be an image of 1 person and indoor


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर