दैलेखमा कांग्रेसका पालिका सभापति नेकपा एस प्रवेश, बने उपाध्यक्षको उम्मेदवार – Nepal Press

दैलेखमा कांग्रेसका पालिका सभापति नेकपा एस प्रवेश, बने उपाध्यक्षको उम्मेदवार

सुर्खेत । दैलेखको नौमुलेमा नेपाली कांग्रेस गाउँ कार्यसमितिका सभापति गंगबहादुर शाही नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका छन् ।

नेकपा एस प्रवेश गरेसँगै उनले उपाध्यक्षको टिकट पाएका छन् ।

नेकपा एसका गाउँ कमिटी अध्यक्ष अध्यक्ष कृष्ण सलामीले शाहीलाई उपाध्यक्षको उम्मेदवार बनाइएको पुष्टि गरे ।

सभापति शाहीले एक विज्ञप्तिमा उनले पैसावाल र ठेकेदारलाई मात्रै टिकट वितरणमा प्राथमिकता भएको आरोप लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर