रेफ्रि संघको अध्यक्षमा बुद्धि बहादुर गुरुङ – Nepal Press

रेफ्रि संघको अध्यक्षमा बुद्धि बहादुर गुरुङ

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा) रेफ्रि संघको अध्यक्षमा बुद्धि बहादुर गुरुङ सर्वसहमत निर्वाचित भएका छन् । सोमबार एक कार्यक्रमबीच नव निर्वाचित कार्यसमितिलाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रशंसा पत्र हस्तान्तरण गरेका थिए ।

संघको उपाध्यक्षमा श्रीराम रन्जितकार, विनोद केसी र मधुसुदन खनाल निर्वाचित भएका छने । यस्तै, संघको सदस्यमा शैलेश जोशी, विरेन्द्र बहादुर पाण्डे, नविन्द्र महर्जन, श्रवण कुमार तामाङ, प्रकाशनाथ श्रेष्ठ, प्रदीपकुमार बस्नेत, शुक्र तामाङ र सन्तोष गुरुङ निर्वाचित भएका छन् ।

संघको महिला सदस्यमा कल्पना शर्मा निर्वाचित भएकी छिन् । असार ६गतेबाट हुने एन्फाको चुनाबका लागि नयाँ कार्यसमिति चयन भएकोहो । एन्फाको चुनावमा रेफ्री संघका एक जनाले मतदानको अधिकार पाउनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर