धनगढी उपमहानगरमा गठबन्धनका मेयर र उपमेयरको उम्मेदवारी दर्ता – Nepal Press

धनगढी उपमहानगरमा गठबन्धनका मेयर र उपमेयरको उम्मेदवारी दर्ता

कैलाली । सत्ता गठबन्धनका तर्फबाट धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेसका नृपबहादुर वडले उम्मेदवारी दर्ता गराएका छन् ।

उपप्रमुखमा माओवादीकी शान्ति अधिकारीले मनोनयन दर्ता गराएकी छन् ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई झिनो मतले पराजित गरेर वड प्रमुख पदमा विजयी भएका थिए ।

उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य पनि हुन् । उप प्रमुखमा उम्मेदवारी दिएकी अधिकारी ०७४ सालको निर्वाचनमा उपप्रमुख पदमा पराजित भएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर