राष्ट्र बैंकको सर्वेक्षण: वाणिज्य बैंकहरु १५ वटा भए पुग्छ – Nepal Press

राष्ट्र बैंकको सर्वेक्षण: वाणिज्य बैंकहरु १५ वटा भए पुग्छ

काठमाडौं । नेपालमा भएका वाणिज्य बैंकहरुको मर्जरको कुरा उठेको लामौ समय भएको छ । केही बैंकहरुले मर्जर गरेका छन् । भने केही बैंकहरु मर्जर गर्ने तयरीमा रहेका छन् । हाल वाणिज्य बैंकहरु २७ वटा रहेका छन् ।

नेपाल राष्ट्र बैंकले अध्ययनले नेपालमा नेपालमा वाणिज्य बैंकहरु ११ देखि १५ वटा भए पुग्ने निष्कर्ष निकालेको छ । राष्ट्र बैंकले गरेको सर्भेले नेपालमा १५ वटासम्म बैंक हुँदा उपयुक्त हने निष्कर्ष निकालेको हो ।

राष्ट्र बैंकले २ सय ३० जना छनौट गरेर सर्भे गरेको थियो । सर्भेमा रहेका मध्ये १ सय ४० जना बैंक तथा वित्तीय संस्थामा आवद्ध थिए । भने बाँकी ९० जना बैंक तथा वित्तीय संस्थाका विज्ञहरु थिए ।

सर्भेमा सहभागी भएका १ सय ४० जना मध्ये ८४ प्रतिशत र विज्ञ मध्ये ७८ प्रतिशतले वाणिज्य बैंकको संख्या चाहिने भन्दा धेरै रहेको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर