स्थानीय निर्वाचन : बिहान १० बजेसम्म १३ हजार ३८६ जनाको उम्मेदवारी दर्ता (प्रदेश र जिल्लाको सूचीसहित) – Nepal Press

स्थानीय निर्वाचन : बिहान १० बजेसम्म १३ हजार ३८६ जनाको उम्मेदवारी दर्ता (प्रदेश र जिल्लाको सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि अहिलेसम्म भएका मनोनयन दर्ताको संख्यात्मक विवरण सार्वजनिक गरेको छ ।

आयोगले आज बिहानसम्मको विवरण प्रदेशगत र जिल्लागत रूपमा सार्वजनिक गरेको हो । बिहान १० बजेसम्मको विवरणअनुसार सबैभन्दा बढी मधेस प्रदेशमा ४ हजार ५४ जनाले मनोनयन दर्ता गराइसकेका छन् । सबैभन्दा कम कर्णालीमा ४५२ जनाको उम्मेदवारी परेको छ । मधेसमा मेयरमा १९२, उपमेयरमा ६९, अध्यक्षमा ११७ र उपाध्यक्षमा ८५ जनाले उम्मेदवारी दिएका छन् ।

आयोगका अनुसार बिहान १० बजेसम्म मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडा सदस्यसमेत गरी सातैवटा प्रदेशमा १३३८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

आयोगले उम्मेदवारी दर्ताको म्याद आज साँझसम्म तोकेको छ । मुख्य दलका उम्मेदवारहरूले आज मनोनयन दर्ता गराउँदैछन् । कतिपय स्थानीय तहमा भने अझै उम्मेदवारी टुंगिसकेको छैन ।

हेर्नुस् जिल्ला र प्रदेशअनुसार कहाँ कतिले दिए उम्मेदवारी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर