काभ्रे कांग्रेसमा विवाद : मेयरका उम्मेदवारले दाबेदारलाई कुटे – Nepal Press

काभ्रे कांग्रेसमा विवाद : मेयरका उम्मेदवारले दाबेदारलाई कुटे

काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका मेयरको टिकट सम्बन्धी विवाद हुँदा मेयरका दाबेदार रोशन पाण्डे कुटिएका छन् ।

उनीमाथि कांग्रेसका क्षेत्रीय सभापति तथा मेयरका उम्मेदवार कुन्साङ लामाले आक्रमण गरेका हुन् ।

आक्रमणबाट पाण्डेको शरीरको विभिन्न ठाउँमा चोट लागेको छ ।

बनेपामा भएको सो घटनापछि घाइते पाण्डेलाई शिर मेमोरियल अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ ।

काभ्रे कांग्रेसमा पत्रकार समेत रहेका पाण्डे गणेश लामा पक्षधर हुन भने उनीमाथि कुटपिट गर्ने मेयर उम्मेदवार कुन्साङ लामा तीर्थ लामा पक्षधर हुन् ।


प्रतिक्रिया

2 thoughts on “काभ्रे कांग्रेसमा विवाद : मेयरका उम्मेदवारले दाबेदारलाई कुटे

  1. पुजीवादी दलाल हो कङ्ग्रेस र लुटेर हुन माओवादी त्यसैले कुट्नु पिट्नु र देश बिगार्नु उहाँको दाइत्तो हो नि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर