सुर्खेतमा गठबन्धन भाँडिने संकेत, माओवादी जिल्ला इञ्चार्ज भन्छन्- गम्भीर दुर्घटना नजिक छ – Nepal Press

सुर्खेतमा गठबन्धन भाँडिने संकेत, माओवादी जिल्ला इञ्चार्ज भन्छन्- गम्भीर दुर्घटना नजिक छ

सुर्खेत । मनोनयन दर्ताको समय केही घण्टा बाँकी हुँदा समेत सुर्खेतमा गठबन्धनबीच सहमति जुट्न सकेको छैन ।

नेताहरू निरन्तर छलफलमा भए पनि सहमति जुट्न नसकेको हो । निरन्तरको छलफलपछि पनि सहमति नजुटेपछि नेताहरूले तालमेल हुन नसक्ने अभिव्यक्ति दिन थालेका छन् ।

माओवादी केन्द्रका सुर्खेत इञ्चार्ज झकबहादुर मल्ल सुदिपले गठबन्धन दुर्घटना नजिक रहेको भन्दै सामाजिक सञ्जालमा पोस्ट सेयर गरेका छन् ।

उनले लेखेका छन्, ‘सुर्खेतमा अहिले यति मात्रै भन्न सकिन्छ कि यहाँ गठबन्धन गम्भीर दुर्घटना नजिक छ ।’

माओवादीले सुर्खेतमा कम्तीमा तीन वटा पालिकामा दाबी गरिरहेको छ ।

सुर्खेतमा २०७४ सालमा नेकपा एमालेले जितेका लेकबेशी नगरपालिकामा नेकपा एस, सिम्ता गाउँपालिकामा नेपाली कांग्रेस तथा चौकुनेमा माओवादीले भाग पाउने सहमति भएका खबरहरू बाहिरिएका थिए ।

प्रदेश संयन्त्रमा भएको भनिएको सहमतिको सूचना सार्वजनिक भएसँगै सुर्खेत माओवादी रुष्ट बनेको छ ।

गत निर्वाचनमा नौ पालिका रहेको सुर्खेतमा कांग्रेसले पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिका, वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका र चिङ्गाड गाउँपालिकामा जीत हात पारेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर