बलिउडका यी ७ सेलिब्रेटीहरू जसले स्टार भएपछि छोडिदिए आफ्ना पार्टनर – Nepal Press

बलिउडका यी ७ सेलिब्रेटीहरू जसले स्टार भएपछि छोडिदिए आफ्ना पार्टनर

मुम्बई । फिल्मका काम बाहेक धेरै बलिउड सेलिब्रेटीहरू आफ्नो सम्बन्धका कारण पनि चर्चामा रहने गर्छन् । ती मध्ये आज यी ७ कलाकारहरुको चर्चा गरौँ जसले बलिउडमा सफलता पाउनासाथ आफ्ना पार्टनरलाई छाडिदिए ।

१) दीपिका पादुकोण र निहार पाण्ड्या

आफ्नो मोडलिङका दिनमा बलिउडकी मस्तानी दीपिका पादुकोणले मोडल तथा अभिनेता निहार पाण्ड्यासँग केही समय डेट गरिन्। दुबैको पहिलो भेट मुम्बईको एक्टिङ्ग स्कुलमा भएको थियो। उनीहरुले चर्चित गायक हिमेश रेशमियाको एल्बम ‘आप का सुरुर’ गीतमा सगैँ अभिनय पनि गरेका थिए । विभिन्न रिपोर्टका अनुसार, यो जोडी अलग हुनु अघि लिभईन सम्बन्धमा पनि थिए। निहारसगँ छुटेपछि दीपिकाले रणवीर कपूरसँग डेट गर्न थालिन् तर त्यो सम्बन्ध पनि धेरै टिक्न सकेन र नोभेम्बर १४ र १५,२०१८ मा इटालीको लेक कोमोमा दीपिका पादुकोणले रणवीर सिंहसँग विवाह गरिन्।पादुकोणसँग ब्रेकअप पछि, निहार पाण्ड्याले लोकप्रिय गायिका नीती मोहनसँग फेब्रुअरी १६,२०१९ मा हैदराबादको फलकनुमा प्यालेसमा विवाह गरे।

२) रणवीर कपूर र अवन्तिका मलिक

अभिनेता इमरान खानकी पत्नी अवंतिका मलिक रणवीर कपूरको पहिलो क्रस थिइन्। यो भन्ने गरिन्छ कि रणवीरले उनलाई चर्चित सिरियल जस्ट मोहब्बतको सेटमा पनि भेट्ने गर्थे जसमा उनले बाल कलाकारको रूपमा काम गरेकी थिइन्। केही समयपश्चात दुवै अलग भए र अलग भएलगत्तै अवंतिकाले जनवरी १०,२०११ मा इमरान खानसँग प्रेम विवाह गरिन्। इमरान र अवन्तिका अहिले केही असमझदारीका कारण अलग भएका छन् भने अभिनेत्री दीपिका पादुकोण र कट्रिना कैफसँगको खट्टा डेटिङ अनुभव पछि रणवीर कपूरले यहीँ अप्रिल १४ मा उनको बान्द्रा घर वास्तुमा आफ्नो प्रेमिका आलिया भटसगँ विवाह गरेका हुन्।

३) प्रियंका चोपडा र असीम मर्चेन्ट

प्रियंकाले स्टारडम प्राप्त गर्नु अघि असीम मर्चेन्टसँग डेट गरिरहेकी थिइन्। सन् २०१४ मा मिस वर्ल्ड बनेपछि उनले असीमलाई छोडिदिईन्। खबर अनुसार असिमले प्रियंकाको ६७ दिन नामक बायोपिक बनाएर बदला लिने योजना समेत बनाएका थिए भने प्रियंकाले बायोपिक बनाउने बिरुद्ध अदालतमा कानूनी नोटिस समेत दायर गरेकी थिईन्। केही समयको डेटिङ पछि प्रियंका चोपडाले अन्तराष्ट्रिय पप गायक निक जोनसमा आफ्नो जीवनसाथी पाईन् र डिसेम्बर १ र २,२०१८ मा उम्मेद भवन प्यालेसमा यी दुईले विवाह गरे।

४) अनुष्का शर्मा र जोहेब युसुफ

अनुष्का शर्मा र जोहेब युसुफ आफ्नो मोडलिङको समयमा एकअर्कालाई डेट गर्थे। बलिउडमा भाग्य आजमाउन यी दुई मुम्बई आएका थिए। ‘रब ने बना दी जोडी’ बाट डेब्यू गरेकी अनुष्का भाग्यशाली भईन भने जोहेबले सोचेजस्तो सफलता पाउन सकेन्नन् र यसरी नै उनीहरुको सम्बन्धको अन्त्य भयो। सन् २०१३ मा अनुष्का शर्माको क्रिकेटर विराट कोहलीसँग पहिलो पटक टिभी विज्ञापनको सुटिङका ​​क्रममा भेट भएको थियो। त्यसपछि दुवै ‘असल साथी’ बने र डेटिङ गर्न थाले। लगभग चार वर्षसम्म डेटिङ गरेपछि, यो जोडीले अन्ततः डिसेम्बर ११,२०१७ मा इटालीको टस्कनीमा आफ्नो विवाह सम्पन्न गरे।

५) सोनाक्षी सिन्हा र आदित्य श्रफ

१०० करोडको आँकडा पुग्ने वा पार गर्ने फिल्महरूको लागि भाग्यशाली मस्कट बन्नु अघि सोनाक्षी सिन्हा फेम सिनेमाका पूर्व प्रबन्ध निर्देशक आदित्य श्रफसँग डेट गरिरहेकी थिइन्। पछि केही व्यक्तिगत कुरालाई लिएर उनीहरु बिच मनमुटाव भयो र उनीहरु अलग भए। आदित्य श्रफले पछि टेलिभिजन अभिनेत्री मेघा गुप्तासँग विवाह गरे तर विवाहको चार वर्षपछि उनीहरु पनि अलग भए।

६) ज्याकलिन फर्नान्डेज र हसन बिन राशिद अल खलिफा

बलिउडमा आउनुअघि ज्याकलिन फर्नान्डेज बहराइनका राजकुमार हसन बिन रसिद अल खलिफासँग दुई वर्ष लामो सम्बन्धमा थिईन्। तर यो कुरा तब समाप्त भयो जब ज्याकलिनलाई निर्देशक साजिद खानसँग जोडेको हल्ला मिडियामा आउन थाल्यो। हसनपछि ज्याकलिनले सिद्धार्थ मल्होत्रालाई डेट गरिरहेकी थिइन् तर न त ज्याकलिन र न सिद्धार्थले उनीहरूको समीकरणको बारेमा टिप्पणी गरेका छन्। हाल उनी आफ्नो एक्लो जीवनको आनन्द उठाइरहेका छिन र बलिउडमा आफ्नो व्यावसायिक करियरमा ध्यान केन्द्रित भएर लागिरहेकी छिन्।

७) कंगना रनौत र अध्यायन सुमन

कंगना रनौतले हिन्दी फिल्म उद्योगमा अभिनेत्री बन्नको लागि सानै उमेरमा घर छोडेकी थिइन्। उनी चलचित्र क्षेत्रसँग सम्बन्धित थिईनन् त्यसैले बलिउडमा आफ्नो खुट्टा बलियो बनाउन उनलाई एक जडानको आवश्यकता थियो। र उनको लागी त्यो व्यक्ति बने शेखर सुमनका छोरा,अध्यायन सुमन। तर ‘ग्याङ्स्टरमा’ डेब्यू गरेपछि जब उनले आफूले चाहेको र योग्यको लाइमलाइट पाईन् तब उनले अध्यायनलाई छाडिदिइन।

अध्यायनले पछि एक मिडिया पोर्टललाई ‘कंगनाले आफूलाई उद्योगमा आउनको लागि प्रयोग गरेको र आफ्नो जीवन बर्बाद गरिदिएको’ भने टिप्पणी समेत दिएका थिए। पछि अध्यायन सुमन र स्प्लिट्सभिलाकी माइरा मिश्रा करिब दुई वर्ष डेटमा रहेको हल्ला चल्यो। यो जोडीले सन् २०२० मा लकडाउनपछि आफ्नो सम्बन्धको पुष्टि गरेपनि पछि टाइम्स अफ इन्डियासँगको उनको अन्तर्वार्तामा माइरा मिश्राले आफू र अध्यायन अलग भएको कुरा पुष्टि गरिन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर