‘के सारो’ भन्दै क्यान इन्फोटेकमा बले – Nepal Press

‘के सारो’ भन्दै क्यान इन्फोटेकमा बले

काठमाडाैं । भृकुटीमण्डपमा जारी कम्प्युटरसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेकमा आइतबार हाँस्य कलाकार सागर लम्साल बले देखापरे । उनी त्यहाँ कुनै सामान खरिदका लागि भने आएका थिएनन् ।

आफू अभिनित गीत ‘के सारो’ को प्रमोशनका लागि बलेको टिम क्यान इन्फोटेक पुगेको थियो । उक्त गीतमा इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेट पनि एसोसिएट पार्टनर रहेकाे छ । सोही कम्पनीले उनलाई त्यहाँ लगेको हो ।

भायनेटले खेलाएको क्वीजका विजेतालाई बलेले उपहार वितरण गरेका थिए । त्यहाँ उनले करिब एक घन्टा बिताए ।

दुई दिनअघि रिलिज भएको ‘के सारो’ गीतमा उर्गेन दोङ, एलिना चौहान र मिस्टर आरजेले स्वर दिएका छन् । भिडिओमा सागरलाई आकृति शर्माको साथ छ । गीतले दुई दिनमा झण्डै दुई लाख भ्यूज पाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर