फुटबल खेलाडी संघको अध्यक्षमा बिक्रम लामा – Nepal Press

फुटबल खेलाडी संघको अध्यक्षमा बिक्रम लामा

काठमाडौं । फुटबल खेलाडी संघको अध्यक्षमा बिक्रम लामा सर्वसहमत निर्वाचित भएका छन् । आइतबार बसेको फुटबल खेलाडी संघको निर्वाचन समितिको बैठकले अध्यक्षमा बिक्रमको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।

संघको उपाध्यक्षमा विकेश कुथु, सुजल श्रेष्ठ र विराज महर्जन निर्वाचित भएका छन् भने सदस्यमा रञ्जित धिमाल, अनन्त तामाङ, विशाल राई, विमल घर्ती मगर, सरोज दाहाल, रोहित चन्द र विशाल श्रेष्ठ रहेका छन् ।

उपाध्यक्ष र सदस्यहरु पनि सर्वसहमत नै चयन भएका हुन् । अखिल नेपाल फुटबल संघ(एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले नवनिर्वाचित र्कायसमितिलाई प्रशंसा पत्र हस्तान्तरण गर्दै कार्यकालको शुभकामना दिएका छन् ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष लामाले खेलाडीको सर्वाङ्गीण हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर