ओलीको गृह जिल्लामा यी हुन एमालेका उम्मेदवार – Nepal Press

ओलीको गृह जिल्लामा यी हुन एमालेका उम्मेदवार

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट झापाका १४ वटा स्थानीय तहमा उम्मेदवारको टुङ्गो लागेको छ ।

मेची नगरपालिका बाहेकका स्थानीय तहमा नेकपा एमालेले उम्मेदवारको टुङ्गो लगाएको हो । मेचीनगर पालिकाका विषयमा भने छलफल जारी रहेको नेकपा एमाले झापाका जिल्ल अध्यक्ष दीपक कार्कीले जानकारी दिए ।

कचनकवल गाउँपालिकामा भने राप्रपालाई जित्न नसकिने ठानेर सत्तारुढ गठबन्धन दलसँग सहकार्य गर्दै एमालेले उपाध्यक्षमा उम्मेदवारी दिने भएको छ ।

कुन स्थानीय तहमा को भए उम्मेदवार ?

१. बिर्तामोड नगरपालिका

प्रमुख- पवित्रा महतरा प्रसाईँ
उप प्रमुख- नगेन्द्र प्रसाद संग्राैला

२‍. भद्रपुर नगरपालिका

प्रमुख- असारु राजवंशी
उप प्रमुख- कौशिला अधिकारी

३. गौरादह नगरपालिका

प्रमुख- छत्रपति सुवेदी
उप प्रमुख- जलवर्ष राजवंशी चौधरी

४. कनकाई नगरपालिका

प्रमुख- राजेन्द्र कुमार पोखरेल,
उप प्रमुख- मन्जु प्रसाइँ

५. अर्जुनधरा नगरपालिका

प्रमुख- बलदेव गोम्देन
उप प्रमुख- खड्गमाया पराजुली

६. शिवसताक्षी नगरपालिका

प्रमुख- रोशन थोप्रा
उप प्रमुख- नरमाया कार्की

७. दमक नगरपालिका

प्रमुख- गीता अधिकारी,
उप प्रमुख- अम्बिका खनाल

८. मेची नगरपालिकामा छलफल चलिरहेको र टुङ्गो लाग्न बाँकी

गाउँपालिका

९. बाह्रदशी गाउँपालिका

अध्यक्ष- देवेन्द्र चम्लगाई
उपाध्यक्ष- शान्ता खरेल

१०. गौरीगञ्ज गाउँपालिका

अध्यक्ष- विजय अग्रवाल
उपाध्यक्ष- पुनम न्यौपाने कुँवर

११. कमल गाउँपालिका

अध्यक्ष- भीम राई
उपाध्यक्ष -उषा भण्डारी सिटौला

१२ झापा गाउँपालिका

अध्यक्ष- गौरीशंकर राजवंशी
उपाध्यक्ष- देवीमाया कोइराला

१३. वद्धशान्ति गाउँपालिका

अध्यक्ष- मीरा भुर्तेल
उपाध्यक्ष- धरणी पोख्रेल

१४. हल्दिवारी गाउँपालिका

अध्यक्ष- डम्वर वहादर गिरी
उपाध्यक्ष- शान्ता चौधरी

१५. कचनकवल गाउँपालिका

अध्यक्ष- गठबन्धनसँग सहकार्य
उपाध्यक्ष- नवराज भट्टराई


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर