५० टेके तेन्दुलकरले, नेपालका सन्दीप लामिछानेदेखि विनोद दाससम्मले दिए शुभकामना – Nepal Press

५० टेके तेन्दुलकरले, नेपालका सन्दीप लामिछानेदेखि विनोद दाससम्मले दिए शुभकामना

काठमाडौं । विश्व कीर्तिमानी भारतीय क्रिकेटर सचिन तेन्दुलकरले आइतबार ४९ औँ जन्मदिन मनाइरहेका छन्। यसको मतलब उनी अब ५० लागेका छन्।

तेन्दुलकरको ४९ औँ जन्मदिनमा नेपाली क्रिकेटरहरुले पनि शुभकामना दिइरहेका छन्। नेपाली टोलीका कप्तान सन्दीप लामिछानेदेखि पूर्व कप्तान विनोद दाससम्मले सामाजिक सन्जालहरुमा शुभकामना दिइरहेका छन्।

विनोदले सचिनकै कारण आफु क्रिकेट खेल्न प्रेरित भएको उल्लेख गरेका छन्। यसैगरि सन्दीपले क्रिकेट हेर्नुको, खेल्नुको र समर्थन गरिरहनुको कारण सचिन भएको शुभकामनामा लेखेका छन्। क्रिकेटप्रति सचिनको लगावले धेरैलाई प्रेरित गरेको उल्लेख छ।

सचिनको नाममा अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यानका रुपमा विश्व कीर्तिमान रहेको छ।
यसैगरि उनी अन्तर्राष्ट्रिय क्रिकेटमा सय वटा सतक बनाउने एक मात्र ब्याट्सम्यान हुन्।

सन् १९८९ देखि सिनियर अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेका सचिनले अन्तिमपटक सन् २०१३ मा भारतको जर्सी लगाएका थिए। त्यसयता उनी इन्डियन प्रिमियर लिग(आईपीएल क्लब मुम्बई इन्डियन्सको कोचिङ टिममा रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर