कालिकोटको तिलागुफामा कांग्रेसको सिंगल उम्मेदवारी दर्ता – Nepal Press

कालिकोटको तिलागुफामा कांग्रेसको सिंगल उम्मेदवारी दर्ता

सुर्खेत । कालिकोटको तिलागुफा नगरपालिकामा नेपाली कांग्रेसले सिंगल उम्मेदवारी दर्ता गरेको छ । आज नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि शंकरप्रसाद उपाध्यायले मेयरमा र वसन्तिसिंह शाहीले उपमेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।

नेपाली कांग्रेसका जिल्ला सदस्य सत्यबहादुर शाहीले तिलागुफामा नेपाली कांग्रेस नगर कार्यसमितिले सिंगल निर्वाचन लड्ने गरेको निर्णयअनुसार आज मनोनयन दर्ता गरिएको जानकारी दिए । उनका अनुसार तिलागुफामा कांग्रेसले ११ वटै वडामा उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ ।

उपाध्यायले आफूले कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने बताएका छन् । उनले भने, तिलागुफामा मेरो जित निश्चित छ ।’

२०७४ सालको स्थानीय तह निर्वाचनमा उपाध्याय ५३ मतले पराजित भएका थिए ।

नेपाली कांग्रेस तिलागुफा नगर सभापति धिरेन्द्र थापाले पार्टीले आफूहरुको भावनाविपरीत गठबन्धन गरेको बताए । उनले सबै वडामा कांग्रेसले उम्मेदवारी दिने पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर