लोकतन्त्र आएको १६ वर्ष पूरा, नागरिक भन्छन्: व्यवस्था फेरियो, अवस्था उस्तै – Nepal Press

लोकतन्त्र आएको १६ वर्ष पूरा, नागरिक भन्छन्: व्यवस्था फेरियो, अवस्था उस्तै

काठमाडौं । जनआन्दोलनको बलमा नेपालमा लोकतन्त्र स्थापना भएको १६ वर्ष पुगेको छ । सोही अवसरमा आज देशभर विविध कार्यक्रम गरी ‘लोकतन्त्र दिवस’ मनाइँदैछ ।

२०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नो कब्जामा लिएको संसदलाई जनआन्दोलनका बलमा पुनःस्थापित गरेका थिए । सोही दिनको सम्झना हरेक वर्ष वैशाख ११ मा लोकतन्त्र दिवस मनाउने गरिएको छ ।

तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा संसद विघटन गरी शासनसत्ता आफ्नो हातमा लिएका थिए । त्यसविरुद्ध तत्कालीन अवस्था सशस्त्र विद्रोह गरिरहेको नेकपा माओवादी र सडक संघर्ष गरिरहेको सात दलले संयुक्तरुपमा गरेको जनआन्दोलनका कारण राजा संसद पुनःस्थापना गर्न बाध्य भएका थिए ।

त्यसपछि नेपालमा गणतन्त्र स्थापना भयो, संविधानसभाबाट संविधान जारी जारी भयो, मुलुक संघीयतामा गयो । र, अहिले नयाँ संरचनाअनुसार देशमा दोस्रोपटक स्थानीय तह निर्वाचनको चुनाव हुँदैछ ।

तर अझै पनि धेरै नागरिकले व्यवस्था फेरिए पनि देश र आफ्नो अवस्था उस्तै रहेको भन्दै गुनासो गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर