मनमोहन अस्पतालमा आइभिएफ सेवा सुरु – Nepal Press

मनमोहन अस्पतालमा आइभिएफ सेवा सुरु

काठमाडौं । निःसन्तान दम्पतीलाई लक्ष्य गरेर राजधानीको स्वयम्भूमा रहेको मनमोहन अस्पतालमा आइभिएफ (टेष्टट्युब बेबी) सेवा आजदेखि सुरु भएको छ । सो सेवाको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र डा. भोला रिजालले संयुक्त रूपमा मनमोहन आइभिएफ सेवाको उद्घाटन गरे ।

मुख्यमन्त्री पाण्डेले मनमोहन अस्पतालको सेवा अझै फराकिलो र विस्तारित भएको बताए । मनमोहन शिक्षण अस्पतालले कलेजको मान्यता नपाउनु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले देशमा १९ जनाले निजी शिक्षण अस्पताल सञ्चालन गरिरहेको बेला दुई हजार ८०० जनाले लगानी गरेको र सहकारीको माध्यमबाट सञ्चालित मनमोहन अस्पताललाई योजनाबद्ध तरिकाले रोकिएको बताए ।

टेष्टट्युब बेबी सेवा सुरुआत कार्यक्रममा डा भोला रिजालले नेपालमै टेष्टट्युब बेबी सेवाले नेपाली निःसन्तान दम्पतीलाई राहत हुने तथा यसले नेपाली पैसा स्वदेशमै राख्न भूमिका निर्वाह गर्ने बताए । कार्यक्रममा मनमोहन अस्पतालका निर्देशक डा. वंशीधर मिश्रले निःसन्तान दम्पतीको पीडालाई खुसीमा बदल्न यस्तो सेवा थप गरिएको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *