मेयरमा हारेका भूपबहादुर बने घोराहीमा गठबन्धनको उपमेयर उम्मेदवार – Nepal Press

मेयरमा हारेका भूपबहादुर बने घोराहीमा गठबन्धनको उपमेयर उम्मेदवार

दाङ । नेपाली कांग्रेसले घोराही उपमहानगरपालिकामा भूपबहादुर डाँगीलाई उपमेयरको उम्मेदवार बनाउने भएको छ ।

मेयर माओवादीको भागमा परेपछि उपमेयर पाएको कांग्रेसले डाँगीलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको दाङ काँग्रेसका सभापति शंकर डाँगीले जानकारी दिएका छन् ।

डाँगी २०७४ को स्थानीय तहको निर्वाचनमा मेयरमा चुनाव लडेर एमालेका नरूलाल चौधरीसँग पराजित भएका थिए ।

घोराहीमा गठबन्धनका तर्फबाट हेमराज शर्मालाई माओवादीले मेयरको उम्मेदवार बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर