धरानमा एमालेबाट निर्वाचित वडाध्यक्ष समाजवादीमा प्रवेश – Nepal Press

धरानमा एमालेबाट निर्वाचित वडाध्यक्ष समाजवादीमा प्रवेश

धरान । सुनसरीको धरान उपमहानगरपालिकामा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

धरानको वडा नं. ४ का अध्यक्ष मानबहादुर राई नेकपा एस प्रवेश गरेका हुन् । उनी गत निर्वाचनमा ६४५ मत ल्याएर विजयी भएका थिए ।

राईले समाजवादी पार्टीको तर्फबाट आगामी निर्वाचनमा आफ्नो उम्मेदवारी दाबी गर्ने बताए ।

धरानको वडा नम्बर आफ्नो पार्टीको भागमा परेकाले राईलाई नै अध्यक्षको उम्मेदवार बनाउने नेकपा एस धरानका अध्यक्ष रेवतकुमार राईले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर