माओवादी नेता पोख्रेल भन्छन्- आज सहमति हुन्छ, नभए मित्रवत् प्रतिस्पर्धा – Nepal Press

माओवादी नेता पोख्रेल भन्छन्- आज सहमति हुन्छ, नभए मित्रवत् प्रतिस्पर्धा

कैलाली । माओवादी केन्द्रका नेता लीलामणि पोख्रेलले स्थानीय तहको निर्वाचनका विषयमा आजै सबै विषय टुङ्गो लाग्ने बताएका छन् ।

गठबन्धनका दलहरू बिच भागबन्डाका विषयमा विवाद भइरहेको बेला उनले आजै सबै विषय टुङ्गो लाग्ने विश्वास व्यक्त गरेका हुन् ।

पोख्रेलले गठबन्धनका दलहरू बिच सहमति हुन नसकेका ठाउँमा मित्रवत् प्रतिस्पर्धा हुने जनाए ।

‘गठबन्धनमा दलहरू बिच वाकी रहेको विषयमा आज टुङ्गिएला’ उनले नेपाल प्रेससँग भने ‘विवाद नमिल्दे ठाउँमा मित्रवत् प्रतिस्पर्धा हुन सक्छ ।’

एकीकृत समाजवादीले विवाद रहेको स्थानमा केन्द्रले हस्तक्षेप गर्नु पर्ने बताइरहेका बेला उनले समन्वय गरेर मिलाउने कुरा भए पनि हस्तक्षेप गर्ने कुरा सहज नभएको बताए ।

महानगरपालिका र उपमहानगरपालिकामा केन्द्रबाटै भागबन्डा गरेर अन्य क्षेत्रमा भने मातहतका कमिटीलाई जिम्मा लगाइएको थियो । तर गठबन्धनमा रहेका पाँचै दल भित्र भागबन्डाको विषयले विवाद निम्तिएपछि गठबन्धनका दलहरू बिच जिल्लामा समस्या पैदा भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर