सुनवल बजारबाट वैद्य समूहका १० जना पक्राउ – Nepal Press

सुनवल बजारबाट वैद्य समूहका १० जना पक्राउ

रुपन्देही । निर्वाचन विरोधी कार्यक्रममा सहभागी भएका मोहन वैद्य समूहका १० जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पश्चिम नवलपरासीको सुनवल बजारको चोकमा आयोजना गरिएको कोणसभाबाट शनिवार उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्ने वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) का कार्यकर्ता रहेको प्रहरीले जनाएको छ ।

वैद्य समूहले स्थानीय तह निर्वाचनलाई बहिष्कार गर्ने निर्णय गरेको छ । कोणसभा उक्त समूहको लुम्बिनी प्रदेश समितिले आयोजना गरेको थियो ।

पक्राउ पर्नेमा वैद्य समूहका केन्द्रीय पोलिटब्युरो सदस्य धमेश्वर पोखरेल(प्युठान), स्थानीय समिति सदस्य रामसिंह श्रीष (बुटवल), मोहनलाल शर्मा, रामचन्द्र पोखरेल, पवित्रा बस्ती, रवि पुन छन् ।

त्यसै गरी ऋषिराम बि.क., चन्द्रमान मानन्धर, यमबहादुर गुरुङ र रवि पाण्डे छन् ।

पक्राउ परेका रवि पाण्डे पत्रकार हुन । उनी नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका पूर्व कोषाध्यक्षसमेत हुन् ।

पाण्डेले आफू फोटो खिच्न गएको बखत पक्राउ परेको जनाएका छन् । प्रहरीले भने कार्यकर्ताको रूपमा कार्यक्रममा सहभागी भएकाले पक्राउ गरेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर