पारा पदक विजेता सम्मानित – Nepal Press

पारा पदक विजेता सम्मानित

काठमाडौं। काजोल म्युजिक प्रा.लि. ले बहराइनमा भएको चौथो यूथ एसियन पारा गेम्सका पदक विजेता तेक्वान्दो खेलाडीलाई शुक्रवार नगदसहित सम्मान गरेको छ ।

बहराइनको मानामा मंसिर १६ देखि २० गतेसम्म भएको गेम्समा पलेशा गोबर्धनले स्वर्ण, सिर्जना घिसिङले रजत तथा विशाल गर्बुजाले कांस्य जितेका थिए ।

सोही अवसरमा टोलीका प्रशिक्षक अन्तर्राष्ट्रिय लेभल २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई पनि नगदसहित सम्मान गरिएको थियो । चार जनालाई प्रशंसा पत्रसहित जनही ५ हजार नगद प्रदान गरियो ।

बाग्मती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान, काजोल म्युजिक प्रा.लि. की प्रोप्राइटर एवं राखेप बोर्ड सदस्य नन्दा बस्याल र राखेप बोर्ड सदस्य एकेन्द्र कुँवरले राष्ट्रिय लोक नृत्य महोत्सव तथा सम्मान कार्यक्रममा उनीहरूलाई सम्मान गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर