नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २२ देखि हुने, ३६ खेल समावेश – Nepal Press

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २२ देखि हुने, ३६ खेल समावेश

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले प्रतियोगिता जेठ २२ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको हो ।

यो पटक प्रतियोगितामा ३६ वटा खेल समावेश हुनेछन् ।

बैठकले एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिम्नास्टीक, कबड्डी, भारत्तोलन, सुटिङ, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो समावेश गरिएको छ ।

यस्तै उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराते, फुटबल कन्ट्याक्ट कराते, आईटिएफ तेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आर्चरी, साईक्लिङ, फेन्सिङ, ट्रायथोलन, प्याराग्लाईडिङलाई समावेश गर्ने निर्णय पनि बैठकले गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर