कांग्रेस जनकपुरका सभापतिसहित प्रमुख तीन पदाधिकारीले दिए राजीनामा, भागबण्डाप्रति असन्तुष्टि – Nepal Press

कांग्रेस जनकपुरका सभापतिसहित प्रमुख तीन पदाधिकारीले दिए राजीनामा, भागबण्डाप्रति असन्तुष्टि

जनकपुरधाम । नेपाली कांग्रेस जनकपुरधाम उपमहानगर कमिटीका सभापति मनोज साहसहितका पदाधिकारीले आज सामूहिक राजीनामा घोषणा गरेका छन् ।

जनकपुरधाममा पत्रकार सम्मेलन गरी कांग्रेस उपमहानगर सभापति साह, सचिव लालबाबु मिश्र, कोषाध्यक्ष वीरेन्द्र यादवले राजीनाको घोषणा गरेका हुन् ।
सत्ता गठबन्धनले गरेको भागबण्डामा जनकपुरधाम जसपाको भागमा परेपछि आक्रोशित बनेका उनीहरुले साधारण सदस्यसमेत नरहनेगरी पार्टी परित्याग गरेको बताएका छन् ।

पार्टीको उपमहानगर सभापति पदबाट राजीनामा दिएका साह मेयरका आकांक्षी थिए । उनले गठबन्धनको नाममा जनकपुरधाम जसपाले सुम्पेपछि पार्टीमा बस्ने अवस्था नरहेको बताए । तर नेतृत्वले अहिले पनि निर्णय सच्याए पार्टीमा फर्किने उनको भनाइ थियो ।


प्रतिक्रिया

One thought on “कांग्रेस जनकपुरका सभापतिसहित प्रमुख तीन पदाधिकारीले दिए राजीनामा, भागबण्डाप्रति असन्तुष्टि

  1. ठिक निर्णय । देउवाकाे प्रधानमन्त्री र प्रचण्डकाे छाेरीकाे भागबण्डाकाे लागि अरूकाे राजनीति सिध्याउने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर