डब्लूएचओका महानिर्देशक टेड्रोसले भेटे राष्ट्रपति – Nepal Press

डब्लूएचओका महानिर्देशक टेड्रोसले भेटे राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग विश्वस्वास्थ्य सङ्गठन (डब्लूएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा उनीहरुबीच आज बिहान भेटवार्ता भएको भण्डारीका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए ।

उनका अनुसार भेटमा राष्ट्रपति भण्डारीले कोरोनाभाइरस महामारीमा सबै देशलाई समान तरिकाले डब्लूएचओले खोप वितरण गरेकामा टेड्रोसलाई धन्यवाद ज्ञापन गरिन् ।

टेड्रोसले नेपालले कोरोनाभाइरस खोप धेरैजसोलाई लगाएकामा कृतज्ञता व्यक्त गरे । त्यस अवसरमा टेड्रोसले भण्डारीलाई नेपालले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानकाबारेमा जानकारी गराएकी थिइन् । महानिर्देशक डा टेड्रोसले नेपालको स्वास्थ्य नीतिका बारेमा चासो राखेका थिए ।

उनले डब्लूएचओ नेपाललाई गर्ने सहयोगका बारेमा पनि राष्ट्रपति भण्डारीलाई जानकारी गराएको पनि ढकालले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा तीनदिने भ्रमणमा बिहीबार नेपाल आएका टेड्रोसले बिहीबार नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गरेका थिए ।

महानिर्देशकका साथ डब्लूएचओको दक्षिणपूर्व एसिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्लूएचओके अन्य अधिकारीसमेत आएका छन् । उनी यही वैशाख १० गते नेपालबाट फर्कने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर