वीरेन्द्रनगरका नगर प्रमुख सुवेदीद्वारा पाँचवर्षकाे तलबभत्ताबाट अक्षयकोष स्थापना – Nepal Press

वीरेन्द्रनगरका नगर प्रमुख सुवेदीद्वारा पाँचवर्षकाे तलबभत्ताबाट अक्षयकोष स्थापना

सुर्खेत । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वीरेन्द्रनगर नगरपालिकामा प्रमुख विजयी देवकुमार सुवेदीले पाँच वर्षे कार्यकालमा सेवा सुविधाबापत पाएको १३ लाख पचास हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । सुवेदीले ‘रवि–जगत फाउन्डेशन’ काे नाममा अक्षयकोष स्थापना गरेका हुन ।

‘मैले हालसम्म पाएको सबै सेवा सुविधाबाट अक्षयकोष स्थापना गरेको छु’, उनले भने, ‘अक्षयकोषमार्फत विपन्न महिला, बालबालिका तथा विद्यार्थीहरुले प्रोत्साहनस्वरुप आर्थिक सहयोग प्राप्त गर्ने छन् । फाउन्डेशनले सामाजिक सेवा, पर्यावरण संरक्षणलगायतका कार्यमा सहयोग र पैरवीसमेत गर्नेछ ।’

उनले संस्था गैरराजनीतिक मुनाफारहित जनहितकारी हुने बताउँदै भने, ‘फाउन्डेशनले गरिब, अपाङ्गता भएका, बेसहारा, दलित, महिला, जनजाति तथा पिछडिएको वर्ग र क्षेत्रका बालबालिकालाई विभिन्न सीपमूलक तालिम, प्राविधिक शिक्षा प्रदान गर्ने, आदिवासी जनजाति समुदायको हकहितका लागि आवश्यक पहल गर्ने, वातावरण संरक्षण र प्रर्द्धन गर्ने उद्देश्य राखेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर