एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै, पार्टी स्थापना दिवस पारेर कार्यालय पनि सारिँदै – Nepal Press

एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै, पार्टी स्थापना दिवस पारेर कार्यालय पनि सारिँदै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी स्थापना दिवसको अवसर पारेर आज आगामी स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दैछ । त्यस्तै सोही अवसरमा थापाथलीमा रहेको पार्टी कार्यालय तुल्सीलाल स्मृति भवन च्यासलमा स्थानान्तरण हुनेछ । आज नेकपा एमालेको ७४ औं स्थापना दिवस हो ।

पार्टी कार्यालय स्थानान्तरण र घोषणापत्र सार्वजनिकसँगै एमालेले १७ जना कम्युनिस्ट योद्धाहरुलाई सम्मान पनि गर्ने कार्यक्रम तय गरेको छ ।

भव्य समारोहबीच हुने कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेहरुलाई स्वागत गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर