सल्यानको बागचौर नगरपालिमा एमालेबाट मेयर र उपमेयर सर्वसम्मत – Nepal Press

सल्यानको बागचौर नगरपालिमा एमालेबाट मेयर र उपमेयर सर्वसम्मत

सल्यान । नेकपा एमाले बागचौर नगरपालिका सल्यानले मेयर र उपमेयरका लागि सर्वसम्मत उम्मेदवार टुंग्याएको छ।

आउँदो स्थानीय तहको निर्वाचनका लागि एमाले बागचौर नगर कमिटीको बैठकले मेयरमा तिलक मल्ल र उपमेयरमा भक्तकुमारी बीएमलाई उम्मेदवार बनाउने निर्णय गरि सिफारिस गरेको हो।

बैठकमा पार्टीले मल्ल र बीएमको नाम सर्वसम्मत जिल्लामा सिफारिस गरेको जिल्ला सचिवालय सदस्य दीपेन्द्रप्रकाश डाँगीले जानकारी दिए।

मल्ल एमाले कर्णाली प्रदेश कमिटी सदस्य हुन् भने बीएम नगर कमिटी सदस्य हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर