दुई नक्कली परीक्षार्थी पक्राउ – Nepal Press

दुई नक्कली परीक्षार्थी पक्राउ

जनकपुरधाम । सिटिइभिटीको प्रि-डिप्लोमा इन सर्वे इन्जिनियरिङको परीक्षा दिइरहेका दुई जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ का २२ वर्षीय रामकृष्ण साह र सर्लाहीको बह्रमपुरी गाउपालिका २ का २० वर्षीय लक्ष्मी नारायण झा रहेका छन् । प्रहरीका अनुसार झाको ठाउँमा साह परीक्षा दिंदै थिए ।

जनकपुरधाम उपमहानगरपालिका १ स्थित परीक्षा केन्द्र मोनाष्टिक आवसीय विद्यालयमा परीक्षा दिने क्रममा झा पक्राउ परेका हुन् । साहको ठाउँमा परीक्षा दिइरहेको खुलेपछि उनलाई पनि पक्राउ गरिएको बताइएको छ ।

पक्राउ परेका दुवै जनामाथि शिक्षा ऐन अन्तर्गत म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर