भिमेश्वरको मेयर र उपमेयरमा विधि मिचिएको भन्दै एमाले नेताहरु प्रदेश कार्यालयमा – Nepal Press

भिमेश्वरको मेयर र उपमेयरमा विधि मिचिएको भन्दै एमाले नेताहरु प्रदेश कार्यालयमा

काठमाडौं । दोलखाको भिमेश्वर नगरपालिकाको मेयर र उपमेयर पदमा स्थानीय तहबाट सिफारिस भएका दाबेदारहरुले मापदण्डविपरित जिल्ला अध्यक्षले एकलौटी नाम पठाएको भन्दै प्रदेश कमिटी सचिवालयमा उजुरी दिएका छन् ।

जिल्ला कमिटीको बुधवारको बैठकले ९ वटै पालिकाका प्रमुख र उपप्रमुखमा एक एकजनाको नाम टुंगो लगाएर प्रदेशमा पठाएको थियो तर अध्यक्ष नरबहादुर श्रेष्ठले एकतर्फी नाम पढेर सुनाएको र कमिटीमा छलफल नभएको भन्दै प्रत्यासीहरु प्रदेशमा गएका हुन् ।

मेयरका दाबेदार राजेन्द्र मानन्धर, हरिबंश चौलागाई र प्रविण प्रधानले प्रक्रियाबिना गरिएको सिफारिस नमान्न निवेदन दिएका छन् । त्यस्तै उपमेयरका दाबेदार डा. जानुका न्यौपाने, मेनुका सुवेदी, सीता केसी, पूर्णिमा खरेल र रुपा शाही भुजेलले पनि प्रदेशमा उजुरी गरेका हुन् ।

उनीहरुले पार्टी केन्द्रको अपानी र प्रदेशको परिपत्र विपरित जिल्ला अध्यक्षले एकलौटी गरेको सिफारिस मान्य नहुने बताएका छन् । प्रदेशमा सबै नाम ल्याएर जसले टिकट पाए पनि आफूहरुलाई मान्य रहेको मानन्धरले बताए ।

बुधबारको बैठकअघि पदाधिकारीबीच एजेण्डाबारे छलफल पनि नभएको र एकोहोरो नाम पढेर अध्यक्ष श्रेष्ठ हिँडेका थिए । भिमेश्वरको मेयरमा अहिलेकै भरत केसी र उपमेयरमा पनि अहिलेकै कमला बस्नेतको नाम सिफारिस गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर