डब्लुएचओ प्रमुखले भेटे स्वास्थ्यमन्त्री – Nepal Press

डब्लुएचओ प्रमुखले भेटे स्वास्थ्यमन्त्री

काठमाडौं । नेपाल भ्रमणमा रहेका विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा टेड्रोस एडहानोम गेहब्रेयसस र स्वास्थ्यमन्त्री विरोध खतिवडाबीच भेटवार्ता भएको छ ।

बिहीबार मन्त्रालयमा भएको भेटमा मन्त्री खतिवडाले महानिर्देशक डा. टेड्रोसले दोस्रो कार्यकालका लागि दिएको उम्मेदवारीमा नेपालको समर्थन रहेको बताएका छन् ।

मन्त्री खतिवडाले नेपाली जनताको स्वास्थ्य आवश्यकताहरू सम्बोधन गर्न नेपाल सरकारलाई सहयोग गरेकोमा धन्यवाद दिए । उनले औषधिको गुणस्तर नियन्त्रण र पहुँच, उन्नत प्रयोगशाला, नियामक क्षमता, मानव संशाधन विकास, प्रविधि स्थानान्तरण र चिकित्सा अनुसन्धान तथा निदानलगायतका क्षेत्रमा नेपाललाई डब्लूएचओबाट सहकार्य आवश्यक रहेको धारणा राखे ।

मन्त्री खतिवडाले नेपालले स्वास्थ्य सेवाहरूमा सबैको समतामुलक पहुँच अभिवृद्धि गर्न एकीकृत राष्ट्रिय स्वास्थ्य वित्तीय रणनीति तर्जुमा गर्ने योजना बनाएको जानकारी दिए ।

भेटका क्रममा महानिर्देशक टेड्रोसले नेपाललाई डब्लूएचओको साथ निरन्तर रहने बताए । त्यस्तै बिहीबार नै महानिर्देशक टेड्रोसले परराष्ट्रमन्त्री डा नारायण खड्कासंग पनि भेटवार्ता गरेका छन् । सिंहदरबारमा भएको भेटमा दुईपक्षिय हितका बारेमा छलफल भएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर