पूर्वगभर्नर डा. रावल भन्छन्- सरकारले कामभन्दा धेरै कुरा गर्‍यो – Nepal Press

पूर्वगभर्नर डा. रावल भन्छन्- सरकारले कामभन्दा धेरै कुरा गर्‍यो

काठमाडौं । पूर्वगभर्नर डा. तिलक रावलले देशमा आयात कम गरेर निर्यात वृद्धि गर्नुपर्ने बताएका छन् । उनले सरकारले कामभन्दा पनि कुरा धेरै गरेको टिप्पणी गरे ।

अर्थतन्त्रमा देखिएका चुनौती र समाधानको उपाय खोजीका लागि एमालेनिकट बुद्धिजीवी परिषद्ले गरेको अन्तर्क्रियामा डा. रावलले आफू पनि हटाइएको र अदालतबाट पुनर्वहाली भएको तत्कालीन समय सम्झिए ।

पछिल्लो समय नेपालको संकटग्रस्त अर्थतन्त्र र निराकरणका लागि अर्थसँग जोडिएका संगठन र व्यक्तिसँग प्रमुख प्रतिपक्षी एमालेले छलफल गर्दै आएको छ ।

कार्यक्रममा रावलले भने, ‘सरकारले निर्यात वृद्धि गर्छु भनेर कुरा मात्रै गरेर हुदैन । काम नै गर्नुपर्छ । सरकारले काम भन्दा पनि कुरा मात्रै धेरै गर्नेगरेको छ । अहिले नेपालमा नै तरकारी उत्पादन र ग्यासको ठाउँमा विद्युतीय चुलो प्रयोग गरेर पनि आयात कम गर्न सकिन्छ ।’

पूर्वअर्थसचिव रामेश्वर खनालले आर्थिक क्षेत्रको तरलतालाई सबै मिलेर समाधान गर्नुपर्छ । नेपाल राष्ट्र बैंक र अर्थमन्त्रायले मिलेर काम गर्न नसकेको बताए ।

उनले भने, ‘अर्थमन्त्रालय र राष्ट्र बैंकले एकअर्कालाई दोष दिएर बस्ने हो भने देशको अर्थतन्त्र अझ समस्यामा आज अवस्था सिर्जन हुन्छ । मिलेर नगए देश दुर्घटनामा पनि जान सक्छ । यसैगरी देशको अर्थतन्त्र बिग्रिदै जाने हो भने नेपाल पनि श्रींलका जस्तै अवस्थामा जान सक्छ । विदेशी मुद्राको सञ्चिती घट्दै जादा समस्या हुन्छ । आन्तरिक ऋण नोट छापेर वा देश भित्रैबाट ऋण लिएर तिर्न सकिन्छ । तर विदेशको ऋण नेपाली नोट छापेर तिनै सकिदैन । हामीले लिएको ऋणबाट निर्माण भएका आयोजनाको लागत वृद्धि र लामो सयम लाग्यो भने १० वर्षपछि नेपाल पनि श्रींलका जस्तै अवस्थामा जान सक्छ ।’

आजभन्दा १० वर्ष अघि पनि नेपालमा अहिलेजस्तै अर्थिक संकट आएको थियो । त्यो बेला पनि अन्तर्राष्ट्रिय समुदायले पनि नेपालमा ऋण दिने बेलामा प्रश्न गरेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर