सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढ्यो – Nepal Press

सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढ्यो

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर एक लाख ९०० पुगेको छ । अघिल्लो दिन प्रतितोला एक लाख ६०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४०० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख एक १०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार ३८० रुपैयाँमा आएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९५२ डलर आसपास कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर