एनसेलले ल्यायो इन्डलेस कम्बो प्याक – Nepal Press

एनसेलले ल्यायो इन्डलेस कम्बो प्याक

काठमाडौं । नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको इन्डलेस कम्बो प्याकहरु सञ्चालनमा ल्याएको छ । यो योजना वैशाख ५ बाट सञ्चालनमा आएको हो ।

योजनाअन्तर्गत एनसेलका प्रिपेड ग्राहकले करसहित मात्र २५ रुपैयाँमा बिहान ५ देखि साँझ ५ बजेसम्म प्रयोग गर्न सक्नेछन् । त्यस्तै बेलुका १० देखि भोलिपल्ट बिहान ७ बजेसम्म प्रयोग गर्न सकिने गरी एनसेलले दुई आकर्षक प्याक ल्याएको हाे ।

डे कम्बो प्याकअन्तर्गत प्रिपेड ग्राहकले १०० एमबी डेटा र २०० मिनेटको अल नेट टक टाइम प्राप्त गर्नेछन् । सुलभ दरमा आफ्ना ग्राहकलाई भ्वाइस तथा डेटा सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धताअनुरुप एनसेलले यी आकर्षक कम्बो प्याकहरु ल्याएको जनाएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर