धनगढी उपमहानगरपालिका प्रमुखमा एमालेबाट पाँच जनाको नाम सिफारिस – Nepal Press

धनगढी उपमहानगरपालिका प्रमुखमा एमालेबाट पाँच जनाको नाम सिफारिस

कैलाली । सुदूरपश्चिम प्रदेशको एक मात्रै धनगढी उपमहानगरपालिका प्रमुखमा नेकपा एमालेको तर्फबाट पाँच जनाको नाम सिफारिस भएको छ ।
आज प्रदेश कमिटीले केन्द्रीय कमिटीलाई सम्भावित उम्मेदवारहरूको नाम पठाएको हो ।

उपमहानगरपालिका प्रमुखको टिकट केन्द्रबाटै निर्धारण हुने भएको पाँच जनाको नाम केन्द्रमा पठाइएको प्रदेश कमिटीले जनाएको छ । केन्द्रमा सिफारिस हुनेमा युवा नेता कमल राना, रणबहादुर चन्द, गोमा अधिकारी, जीवन बम र दुर्गा जोशी रहेका छन् ।

कैलाली र कञ्चनपुरमा मात्रै बसोबास गर्ने राना समुदायका धनगढीमा २५ हजार बढी मतदाता रहेका छन् । युवाहरूमा पनि लोकप्रिय रहेका युवा नेता रानालाई धनगढीको नगरप्रमुखमा बलियो रूपमा हेरिएको छ । उनी बाहेक चन्द, अधिकारी, बम र जोशी पनि धनगढीमा लोकप्रिय नेताको छवि बनाएका छन् ।

यसै गरी उपप्रमुखका लागि पनि तीन जनाको नाम केन्द्रमा पठाइएको हो । उपप्रमुखमा दीप्ति शाही, कन्दकला राना र जानकी चौधरीको पनि नाम सिफारिस गरिएको छ ।

गठबन्धनका दलहरूबीच धनगढी प्रमुख कांग्रेस र उपप्रमुख माओवादीले पाउने सहमती भइसकेको छ ।


प्रतिक्रिया

One thought on “धनगढी उपमहानगरपालिका प्रमुखमा एमालेबाट पाँच जनाको नाम सिफारिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर