बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्युपछि सिन्धुलीमा तनाव, ११ प्रहरी घाइते (भिडिओ) – Nepal Press

बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्युपछि सिन्धुलीमा तनाव, ११ प्रहरी घाइते (भिडिओ)

सिन्धुली – अवरुद्ध बीपी राजमार्ग खुलाउन गएका प्रहरीमाथि बन्दकर्ताहरुले ढुंगामुढा प्रहार गरेका छन् । बन्दकर्ताहरुकाे आक्रमणमा परी ११ प्रहरी घाइतेसमेत भएका छन्।

प्रहरी र बन्दकर्ताबीचकाे बुधबार भएकाे दोहोरो झडपले बीपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका- २ पीपलभन्ज्याङ तनावग्रस्त बनेको थियाे ।

घाइते प्रहरीहरूको सिन्धुली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकाे छ । सिन्धुली प्रहरीका अनुसार घाइतेमध्ये ३ जनालाई गम्भीर चोट लागेको छ ।

बोलेरोको ठक्करबाट गम्भीर घाइते पैदलयात्री ३९ वर्षीय विजय मोक्तानको मृत्यु भएकाे थियाे । उक्त घटनाका दाेषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयले बुधबार बिहानैदेखि सडक अवरुद्ध गरेका छन् ।

सडक अवरुद्ध गरेका स्थानीयलाई हटाउन गएकाे प्रहरी टाेलीमाथि आक्रमण भएकाे हाे । दोहोरो झडपका क्रममा सडकमा राेकिएका केही सवारीसाधनमा समेत क्षति पुगेको प्रहरीले जनाएकाे छ । प्रहरीले स्थिति नियन्त्रणमा दिन केही राउन्ड अश्रुग्यास र हवाई फायरसमेत गरेको छ ।

स्थानीयले सडक बन्द गरेपछि सयौं सवारीसाधन बीच बाटाेमै राेकिएका छन् । स्थिति नियन्त्रणमा लिन र अवरुद्ध राजमार्ग खुलाउने पहल भइरहेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर