चुनावका बेला फेक न्युजका कारखाना नै खुल्न सक्छन्, सचेत हुनुहोस् : अध्यक्ष बस्नेत – Nepal Press

चुनावका बेला फेक न्युजका कारखाना नै खुल्न सक्छन्, सचेत हुनुहोस् : अध्यक्ष बस्नेत

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले चुनावका बेला फेकबाट जोगिन आग्रह गरेका छन् ।

भ्रमपूर्ण सूचना फैलाउनका लागि न्युजको कारखाना नै चल्न सक्ने खतरा रहेको उल्लेख गर्दै उनले समाचार छाप्नु अघि सचेत रहन सञ्चारकर्मीहरूलाई आग्रह गरे ।

विभिन्न सञ्चार संस्था भन्दै स्वदेश एवं विदेशतिरबाट त्यस्ता प्रायोजित समाचार बन्न सक्ने भन्दै नेपाली मिडियाले साभार गर्दा विशेष ख्याल पुर्‍याउनुपर्ने उनको सुझाव थियो ।

निर्वाचन आयोगले प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघको सहकार्यमा मंगलबार आयोजना गरेको सञ्चारकर्मीहरूको एक दिने अभिमुखीकरण कार्यक्रममा बोल्दै काउन्सिल अध्यक्ष बस्नेतले मिथ्या सूचना (फेक न्युज), दुष्प्रचार र गलत समाचार दिनबाट जोगिनुपर्ने बताए ।

उनले विश्वसनीयताकै कारण पत्रकारिता जगत् बलियो हुने भएकाले त्यसलाई जोगाउन सञ्चारकर्मी स्वयं जुट्नुपर्नेमा जोड दिए ।

आयोगले चुनावका क्रममा मिडियाको आचारसंहिताबारे अनुगमनको जिम्मेवारी काउन्सिललाई दिएको छ ।

काउन्सिलले रेडिया, टिभी, छापा, अनलाइन र सामाजिक सञ्जालको अनुगमनको काम वैशाख १ गतेदेखि नै सुरु गरिसकेको जानकारी दिँदै आचारसंहिता उल्लंघन गरेको पाइए तत्काल कारबाही हुने समेत उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर