गठबन्धन बैठकपछि सरकारका प्रवक्ताले भने- सकारात्मक निर्णयमा पुग्न लागेका छौँ, राति १० बजे फेरि बस्ने – Nepal Press

गठबन्धन बैठकपछि सरकारका प्रवक्ताले भने- सकारात्मक निर्णयमा पुग्न लागेका छौँ, राति १० बजे फेरि बस्ने

काठमाडौं । महानगर तथा उपमहानगरमा भागबण्डाबारे सत्तारुढ गठबन्धनको बैठक सहमति उन्मुख छ ।

आजको बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले दलहरू सकारात्मक निर्णयमा पुग्न लागेको बताए ।

कार्कीले पत्रकारहरूसँग कुराकानी गर्दै बैठक जारी रहेको जानकारी दिए ।

उनले भने, ‘हामीले समग्र ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको विषयमा छलफल गरेका छौँ । हरेक कोणबाट विचार आएका छन् । सकारात्मक निर्णयमा पुग्ने क्रममा छौँ ।’

उनले विस्तृत जानकारी दिन चाहेनन् । हिजोको बैठकका क्रममा अमेरिकी राजदूत प्रधानमन्त्री निवास छिरेको विषयमा पत्रकारले प्रश्न गर्दा कार्कीले यो कुनै ठूलो कुरा नभएको बताए ।

‘प्रधानमन्त्री निवास भएकाले बालुवाटारमा नियमित भेटघाट जारी रहन्छ । यसलाई स्वभाविकरुपमा लिनुपर्छ,’ उनले भने ।

स्राेतका अनुसार गठबन्धनकाे अर्काे बैठक आजै राति १० बजे फेरि बस्ने भएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर