सुर्खेतको लेकबेशीमा एमालेले टुंगो लगायो प्रमुख र उपप्रमुखका उम्मेदवार – Nepal Press

सुर्खेतको लेकबेशीमा एमालेले टुंगो लगायो प्रमुख र उपप्रमुखका उम्मेदवार

सुर्खेत । नेकपा एमालेले सुर्खेतको लेकबेशीमा नगरपालिकामा प्रमुख र उपप्रमुखका उम्मेदवारको टुंगो लगाएको छ ।

प्रमुखमा एमालेले देव राना र उपप्रमुखमा विमला खड्लुकलाई उम्मेदवार बनाएको हो ।

नगर कमिटी अध्यक्षसमेत रहेका राना लामो समयदेखि सहकारी क्षेत्रमा क्रियाशील रहेका छन् । उपप्रमुख खड्लुक अखिल नेपाल महिला संघ लेकवेशीकी अध्यक्ष हुन् ।

यसैबिच लेकबेशीका १० वटा वडाहरू मध्ये ४ वटा वडाहरूमा उम्मेदवार टुंगो लगाएको छ ।

वडा नम्बर ३ को अध्यक्षमा लोक बहादुर रावत, वडा नम्बर ४ को अध्यक्षमा कर्ण बहादुर राना, वडा नम्बर ५ मा चक्रबहादुर शाही र वडा नम्बर ९ मा राजु पौडेललाई अध्यक्षको उम्मेदवार बनाइएको छ ।

अन्य वडाहरूमा पनि छिट्टै उम्मेदवार टुंगो लाग्ने नगर कमिटीका अध्यक्ष देव रानाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर